जीवनशैली

मनाङे मन्त्री त बने तर सांसद पदजाने खतरा




कपिलवस्तु ५ चैत ।नेकपा एकीकृत समाजवादी पार्टी त्यागेर गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका दीपक मनाङे उर्फ राजीव गुरुङको सांसद पद भने धरापमा पर्ने देखिएको छ।राजनीतिक दलसम्बन्धी कानुनले कुनै पनि दलमा आबद्ध भइसकेपछि त्यो दल त्यागेमा सांसद पदबाट मुक्त हुन सक्ने व्यवस्था गरेको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा २९ मा लेखिएको छ, ‘कुनै दलको उम्मेदवार नभई स्वतन्त्ररूपमा संघीय संसद वा प्रदेश सभामा निर्वाचित भएको व्यक्तिले कुनै दलको सदस्यता लिएमा निज स्वतः त्यस्तो दलको संसदीय दलको सदस्य हुनेछ।’मनाङे २०७९ को प्रदेश सभा निर्वाचन मनाङ ख बाट निर्विरोध निर्वाचित भएका थिए। तर सत्ता फेरबदल चलिरहँदा उनी २०७९ मंसिर १९ गते नेकपा एकीकृत समाजवादी रोजेका थिए।तर उनले आइतबार एकीकृत समाजवादी त्यागेको भन्दै स्वतन्त्र सांसदको हैसियतमा फर्काइदिन संसद् सचिवालयमा निवेदन दिए र भोलिपल्टै मन्त्री नियुक्त भए।
केन्द्र सरकारमा भइरहेको गठबन्धन फेरबदलको असर गण्डकीमा पनि परेर अस्थिरता सिर्जना हुन नदिन आफूले समाजवादी छाडेर स्वतन्त्र भएको उनले बताएका थिए। फागुन २१ गते बनेको नयाँ गठबन्धनका दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अहिलेको अवस्थामा गण्डकीमा सरकार बनाउन सहज नभएका बेला मनाङे कांग्रेसतिर मिसिएका हुन्। नयाँ ठबन्धनले बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्री पाण्डेले मनाङेलाई तानेका हुन्। तर, मनाङेले उनको सत्ताको भरथेग गर्छन् कि गर्दैनन् भन्ने प्रश्नकै घेरामा छ।ऐनको दफा ३४ मा संघीय संसद वा प्रदेश सभाको सदस्य रहेको दलको सदस्यले दल त्याग गरेमा वा दलले निष्कासन गरेमा त्यसको सूचना संसदीय दलले सभाको सचिवालयमा दिने र सभाध्यक्षले पदमुक्त भएको सूचना जारी गर्ने उल्लेख गरिएको छ।एकीकृत समाजवादीले मनाङेले दल त्याग गरेको सूचना सभामा दिएमा जुनसुकै बेला उनको पद रिक्त हुन सक्छ। पार्टी छाडेर मन्त्री बनेका मनाङे भन्छन् स् सांसद पद गए फेरि जितेर आइहाल्छु

प्रकाशित : ५ चैत्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६