अर्थ-वाणिज्य

रुपन्देहीलाई आर्थिक तथा रुपन्देही- कपिलवस्तुलाई सांस्कृतिक राजधानी घोषणा गर्न सरकारसँग माग




कपिलवस्तु ६ चैत । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले रुपन्देहीलाई आर्थिक तथा रुपन्देही कपिलवस्तुलाई सांस्कृतिक राजधानी घोषणा गर्न सरकारसँग माग गरेका छन् । मुलुककैं मध्यभाग, भारतसँगको व्यापारिक नाका, अन्तर्राष्ट्रिय विमानस्थल, लगानीमैत्री वातावरण, बढ्दो आर्थिक क्रियाकलाप, गौतमबुद्धको जन्मस्थल लगायत विकासको पर्याप्त सम्भावना रहेकोले रुपन्देहीलाई आर्थिक तथा रुपन्देही र कपिलवस्तुलाई सांस्कृतिक राजधानी घोषणा गर्न सरकारसँग माग गरेको सांसद घिमिरेले बताए ।
सोमबार संसद बैठकको शून्य समयमा बोल्दै रुपन्देही क्षेत्र नं। ५ का सांसद घिमिरेले अव्यवस्थित बसोबासीहरुले लालपूर्जा प्राप्त गर्दा तिर्नुपर्ने राजस्व अत्याधिक बढी भएकोले त्यसलाई आधा घटाउन समेत माग गरे । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भूगोल समेत पर्ने रुपन्देही क्षेत्र नं। ५ विकासको दृष्टिकोणले राज्यबाट सधैं उपेक्षित रहेको बताउँदै सांसद घिमिरेले वर्षौं भैसक्दा पनि लुम्बिनी गुरुयोजना सम्पन्न नभएकोले आगामी आर्थिक वर्षमा यथोचित बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए ।
लुम्बिनीमा पर्यटकको आकर्षण बढाउन क्षेत्र नं। ५ मा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सरसफाईको क्षेत्रमा एकीकृत विकासका काम हुनुपर्ने उनको भनाइ छ । आगामी आर्थिक वर्षको बजेटमा रामापुर(लुम्बिनी(कक्रहवा, फायरलाइन(रुद्रपुर(लोण्डिहवा(मंगलपुर(लुम्बिनी(कक्रहवा, लोण्डिहवा(जोगडा(मोगलहवा(मसिना(शिवलहवा(कक्रहवा, बाँसगढी(लौसा(कञ्चन, पच्चिस बगिया(लोण्डिहवा, सूर्यपुरा(मजदिया, रामापुर(लौधापानी लगायत महत्वपूर्ण सडकहरुको स्तरोन्नती, पुलहरुको निर्माणको साथैं कञ्चन सिंचाई, दानापुर र गैडहवा तालमा पर्यटन पूर्वाधार निर्माणका लागि यथोचित बजेट विनियोजन गर्न सरकारसँग माग गरे ।

प्रकाशित : ६ चैत्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६