खोज–अनुसन्धान

लुम्बिनीको राजधानी शहरको प्रस्तावित गुरुयोजना सार्वजानिक



दाङ ९ चैत । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीकोे गुरुयोजनाको खाका बिहिवार भालुवाङमा सार्वजानिक गरिएको छ । मारो सिटी परियोजनाले अन्त्तराष्ट्रिय मापदण्ड सहितको प्रदेश राजधानीका लागि तयार पारिएको गुरुयोजना बारेमा पत्रकारहरु बीच खाका सार्वजानिक गरेको हो । सो खाका बमोजिम स्थानीयबासी, वुद्धिजीवि, जनप्रतिनिधी, राजनैतिकदलहरु र राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुको राय सुझाव सहित तयार पारिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

जस मध्ये स्थानीय ६ वटा कलस्टरहरुलाई समेट्ने गरि प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै योजनाको खाका तयार पारिएको टुमारो सिटी परियोजनाका शंकर सुवेदीले बताए । दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको १, २ र ३ तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ समेटेर प्रदेश राजधानी शहर घोषणा गरिएको छ । २० वर्षमा सम्पन्न गरिने लक्ष्य सहित ४ सय ८९ वर्ग किलोमिटर क्षेत्रफल रहेको सो शहरका लागि प्रदेश पूर्वाधार विकाश प्राधिकारण, लुम्बिनी प्रदेश राप्ती, गढवा र सितगंगा नगरपालिकाको सहकार्यमा हाल राप्ती शहरमा पूर्वाधार विकाश तथा शहरी विकाशका लागि तयार पार्ने काम सम्पन्न भईसकेको प्रदेश पूर्वाधार विकाश प्राधिकरण प्रमुख छविराज पोख्रेलले बताए । उनले राप्तीलाई अन्त्तराष्ट्रिय स्तरको शहरको रुपमा विकाश गर्ने गरि योजना बनाएको बताए । उनले शहरको गुरुयोजना निर्माण भई कार्यान्वयनको चरणमा गइसकेकोे बताउदै यस आर्थिक वर्षमा १ हजार विगाह जग्गामा ल्याण्डपुलिङको काम भइसकेको बताए ।

हाल विकसित भइरहेको प्रदेश राजधानी राप्ती शहरलाई विभिन्न खालका विपदहरुबाट सुरक्षित राख्ने उदश्येका साथ ३ वटै पालिकाको रोहवरमा प्रदेश पूर्वाधार विकाश प्राधिकरण र भोलीको शहर परियोजना बीच सहमती पत्रमा हस्ताक्षर गरे लगतै भोलीकोे शहर परियोजनाले भोलीको प्रदेश राजधानी शहरको खाका तयार गरिएको भूकम्प प्रविधी राष्ट्रिय समाजका कार्यकारि निर्देश रमेश गुरागाँइले बताए । उक्त खाका– गुरुयोजनालाई शुक्रबार लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी लगायत अन्य प्रदेशमा मन्त्री, सभासद र पालिकाहरुका प्रमुख, उपप्रमुख बीच सार्वजानिक गर्दै राय सुझाव सहित कार्यान्वयनका लागी अगाडी बढाउने पनि गुरागाँइले बताए । सो गुरुयोजना बमोजिम कृषि, व्यवसायी, आवसिय, औद्योगिक, खानी तथा खनिज, साँस्कृतिक तथा पुरातात्वीक नदी, तालतलैया, वन, सार्वजानिक खुल्ला क्षेत्र र विमानस्थल स्थानहरुको स्थान छनौट गरिएको छ । शैक्षिक संस्था, स्वास्थ्य संस्था, खेलकुद परिषद, सम्मेलन हल, चक्रपथ, सिग्नेचर पुल, साँस्कृतिक सम्पदको संरक्षण, राप्ती नदीको चौडाई ६ सय मिटर कायम गरिने छ ।

त्यसै गरि राजमार्गको दुवै छेउमा व्यापारी तथा आवसीय क्षेत्रहरु, गोवरडिहामा कृषि क्षेत्र, जंगलकुटीमा योगा, पर्यटन, कुलपानी र देवीकोटमा रिसोट, मोटरगाडी ग्राम, धानखोला देखि लामीडाँडा केवरतार, लालमटियामा कान्जीहाउस, होमस्टे, गिद्धसंरक्षण, संकटकाल पार्क, इको पार्क, अनाथआश्रम, राप्ती नदीमा प्रत्येक २ किलोमिटरको फरकमा पुल निर्माण, आन्त्तरिक विमानस्थल लगायतका पूर्वाधार रहेका छन् । २०७७ साल असोज २० गते लुम्बिनी प्रदेश सभावाट लुम्विनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा वनाउने निर्णय भएको थियो । उक्त राजधानीको गुरुयोजना बनाउनका लागि २०७८ चैत १४ गते प्रदेश पूर्वाधार विकाश प्राधिकरणलाई दिने गरि प्रदेश मन्त्रीपरिषदबाट निर्णय भएको थियो ।

प्रकाशित : ९ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६