अन्तर्राष्ट्रिय

रक्सी प्रकरणमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल गिरफ्तार



एजेन्सी ९ चैत । प्रबर्तन निर्देशनालय ९ईडी० ले दिल्ली रक्सी नीति मुद्दामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ। उनी आम आदमी पार्टीका नेता हुन्।ईडीको टोली बिहीबार साँझ ७ बजे पक्राउ पुर्जी लिएर केजरीवालको घर पुगेको थियो। दुई घन्टा सोधपुछपछि अनुसन्धान एजेन्सीले राति ९ बजे उनलाई नियन्त्रणमा लिएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ। उनलाई पक्राउ गर्न ईडीका १२ जना अधिकारी उनको घरमा पुगेका थिए।

हाल खारेज गरिएको दिल्ली मदिरा नीति घोटाला प्रकरणमा प्रवर्तन निर्देशनालयले उनलाई पक्राउ गरेको हो।यसैबीच दिल्लीका मन्त्री आतिशीले केजरीवाल दिल्लीको मुख्यमन्त्री रहिरहने दाबी गरेका छन्। हिरासतबाटै सरकार चलाउने उनको भनाइ छ।

गिरफ्तारीबाट जोगिनका लागि केजरीवालले दिएको निषेधाज्ञाको निवेदन पनि बिहीबार दिल्ली उच्च अदालतले खारेज गरिदिएको थियो। उच्च अदालतको निर्णयविरुद्ध केजरीवालको कानुनी टोलीले सर्वोच्च अदालतमा अपिल पनि गरेको छ।आम आदमी पार्टीले बीजेपीले आफ्ना विपक्षीलाई तह लगाउन सरकारी अनुसन्धान संयन्त्रको दुरुपयोग गरिरहेको आरोप लगाउँदै आएको छ।

दिल्ली सरकारले १७ नोभेम्बर २०२१ मा मदिरा बिक्रीको सम्पूर्ण अधिकार निजी क्षेत्रलाई सुम्पिने गरी नयाँ नीति ल्याएको थियो। उक्त नीतिका कारण दिल्ली सरकारलाई २८ हजार करोड घाटा भएको प्रवर्तन निदेशालयको दाबी छ। दिल्ली सरकारले गत वर्षको जुलाई ३१ मा सो नीति खारेज गरिसकेको छ।

प्रकाशित : ९ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६