अर्थ-वाणिज्य

महरालाई हाजिरी जमानीमा छाडियो




दृेउखुरी ९ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ ।आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिएको हो । महरालाई अनुसन्धानका लागि बोलाएका बेला आउने गरी जेठा छोरा निर्मलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
कान्छा छोरा राहुल भने सुन तस्करी प्रकरणकै अनुसन्धानमा पूर्पक्षका लागि थुनामा छन् । जिल्ला सरकारी वकिल कार्यालय, काठमाण्डौका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले महराको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर हाजिरी जमानतमा छाडेको जानकारी दिए । महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी०ले सोमबार कपिलवस्तुबाट पक्राउ गरी काठमाण्डौ ल्याएको थियो ।जिल्ला अदालत काठमाण्डौले महराको उपचारको व्यवस्था गर्न आदेश दिएसँगै नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

महराले आफू बिरामी भएको बताएपछि अदालतले प्रहरीलाई चार दिन हिरासतमा राख्न र अस्पतालमा राखेरै अनुसन्धान गर्न अनुमति दिएको थियो । गएको साउन २ गते ब्रेक सुमा लुकाएर ल्याइएको ६१ किलो सुन र वि।स।२०७९ साल पुसमा विद्युतीय चुरोट भेपमा लुकाएर ल्याएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग नेता महराको नाम जोडिएको छ ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महरामाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो । सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै महरालाई प्रहरीले पक्राउ गरेको थियो । यसअघि भने सीआइबीले बयान कागज गराएर मात्रै छाडेको थियो ।

प्रकाशित : ९ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६