खोज–अनुसन्धान

कमेडी च्याम्पियन टीम दुर्घटनामा : सञ्चालक तथा फिल्म निर्देशक भण्डारी प्रहरी नियन्त्रणमा




काठमाडौं १० चैत । कमेडी च्याम्पियनका सञ्चालक तथा फिल्म निर्देशक विशाल भण्डारी सवारी दुर्घटनामा परेका छन् । उनीसमेत दुई जनालाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।आज बिहान करिब ३ बजे भण्डारी सहितका ६ व्यक्तिहरू चढेको कार नगरकोटबाट फर्किने क्रममा जगातिमा विपरीत दिशाबाट आएको टिपरसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा कमेडियन सुशान बस्यालसहित ४ जना घाइते भएका छन् । सुशानको अवस्था केही गम्भीर रहेको प्रहरी स्रोतले बतायो । विशाल भण्डारी र पुजन अधिकारीलाई सामान्य चोट लागेको छ ।
दुर्घटनापश्चात प्रहरीले सवारी चालकबारे सोधखोज गरेको थियो । विशाल र पुजनमध्ये कसले गाडी चलाएको थियो भन्ने निर्क्यौल हुन नसकेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो । गाडीको अगाडि सिटमा विशाल र पुजन थिए । तर उनीहरूले दुवैले सवारी आफूले नचलाएको बताएका छन् । कारमा सवार भएकाहरूले मापसे गरेको पाइएको स्रोतले बतायो ।हाल घटनाबारे अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताएको छ ।

प्रकाशित : १० चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६