अर्थ-वाणिज्य

समृद्धिको सपना साकार पार्न कृर्षि जन्य उद्योगबाट सम्भव छ : गिरी




बुटवल १० चैत । लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले आर्थिक समृद्धीका लागि मुलुकमा रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। उनले समृद्धिको सपना साकार पार्न कृर्षि जन्य उद्योगबाट सम्भव भएको बताए। कृर्षिमा रोजगारी श्रृजना गर्न सके मुलुकको समृद्धी सम्भव छ रुपन्देहीको तिलोत्तमा २ जानकी नगरमा ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको शुभारम्भ समारोहलाई सम्वोधन गर्दै गिरीले भने। कृषि क्षेत्रलाइ अगाडी बढाउन सकेमा सहजै समृद्धीको सपना पूरा हुने छ।गिरीले मुलुक बनाउन कतिपय राजनीतिक दलको सहि भुमिका नभएकाका कारण समस्या भएको बताउदै त्यसका लागि मुलुकमा स्थिरता जरूरी रहेको उल्लेख बताए।

उनले युवा पलायन रोक्ने गरी देशमै रोजगारी सिर्जना गर्दै अघि बढ्नुपर्ने बताउदै नेपालीहरुलाई बीमाको आबश्यकता बारे सचेतना जगाउन जरुरी रहेको बताए। नेपाल बिमा प्राधिकरण संचालक सन्तोष रिजालले मुलुकको अर्थतन्त्रको एक खम्बा बीमा भएको भन्दै अब फास्ट मुभरका रूपमा काम गर्न आग्रह गरे। नेपाल बिमा प्राधिकरण सहनिर्देशक साम्भाराज लामिछानेले राम्रो कामका लागि प्राधिकरण सधै साथमै रहने बताए। त्यसैगरी प्राधिकरणका लुम्बिनी प्रमुख पुर्णबहादुर थापाले जनतालाइ सरल सेवा सहज र दाबि भुक्तानी सहज बनाएर काम गर्न सुझाव दिए।
संस्थाका अध्यक्ष जगत पोखरेलले बीमा कम्पनीलाइ मुलुकै एक नम्बर बनाउने गरि काम गर्ने प्रतिवद्धता ब्यक्त गर्दै स्थानीय सरकार र प्रदेश हुँदै संघीय सरकारसँग समन्वय गरेर रूपन्देहीलाई आर्थिक हब बनाउन चाहेको बताए। मध्यम वर्गका नेपाली, साना तथा मझौला व्यवसायीहरुलाई बीमाको मूल धारमा ल्याउने र उनीहरुको सम्पत्तीमा दैवीप्रकोप, आकस्मिकजन्य दुर्घटनाबाट हुने हानी, नोक्सानी, तथा जोखिमलाई न्यूनिकरण गर्न सघाउने उद्देश्यका साथ माइक्रो इन्स्योरेन्स कम्पनी संचालनमा ल्याइएको पोखरेलको भनाइ थियो। कार्यक्रममा साइन डेभलपमेन्ट बैँकका अध्यक्ष थानेश्वर पौडेल,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल ,मनोज भट्टराइ लगायतले बोल्दै सेवाग्राहीको मन जितेर काम गर्नुपर्नेमा जोड दिए।कम्पनीमा विभिन्न व्यवसायीक व्यक्ति सस्थामा आबद्ध ७१ जना यसका शेयर सदस्य छन्। लघु बीमाले बढिमा ५० लाख सम्मको मात्रै बीमा गर्न पाउछ।

प्रकाशित : १० चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६