खोज–अनुसन्धान

नया गठबन्धनको प्रदेश सरकार गठन सुरु : मधेसमा एमालेले पायो ४ मन्त्रालय




जनकपुरधाम १० फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सरकार पुनर्गठन गरेका छन् । मुख्यमन्त्री यादवले शनिबार नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री थपेर सरकार पुनर्गठन गरेका हुन् ।एमालेबाट राजकुमार लेखी गृह, सञ्चार तथा कानूनमन्त्री, शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्यामन्त्री, प्रमोद जयसवाल शिक्षा तथा संस्कृतिमन्त्री र केशव शिक्षा तथा संस्कृति राज्यमन्त्री नियुक्त भएका छन् । उनीहरुले आजै प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त शिक्षा तथा संस्कृतिमन्त्री जयसवालले स्वतन्त्र रुपमा चुनाव जितेका हुन् । तर, एमालेमा प्रवेश गरेपछि मन्त्री बन्न सफल भएका छन् ।नेकपा एमालेसहितको नयाँ सत्ता समीकरणअनुसार चैत ५ मा मुख्यमन्त्री यादवले कांग्रेसका तीन मन्त्रीलाई हटाएर एमालेलाई सरकारमा भित्र्याएका छन् । एमालेबाट यसअघि दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त भइसकेका छन् ।

प्रकाशित : १० चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६