खोज–अनुसन्धान

नयाँ समिकरण देशको विकास र ०८४ मिसनका लागि हो : पोखरेल



पोखरा १० चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिसन–२०८४ लाई सफल बनाउनका लागि नयाँ सत्ता समिकरण निर्माण गर्नुपरेको बताएका छन्।शनिबार कास्की जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले मिसन २०८४ लाई बलियो बनाउँछ भन्ने मान्यता र विश्वासको जगमा मात्रै नयाँ सत्ता समिकरणको यात्रा शुरु गरिएको बताएका हुन्।हामीले त भनिरहेका छौं–यो सहकार्यले मिसन २०८४ लाई बलियो बनाउँछ भन्ने मान्यता र विश्वासको जगमा हामीले नया सहकार्यको यात्रा आरम्भ गरेका छौं। किनकी हाम्रो यात्रामा हाम्रा बिरुद्धको घेराबन्दी तोड्नु आवश्यक थियो,’ उनले भने।महासचिव पोखरेलले मिशन २०८४ एमालेले मुलुकको भविष्य निर्माणका लागि लिएको संकल्प भएको उल्लेख गर्दै त्यसबाट बिचलित नहुने अडान समेत राखे।महासचिव पोखरेलले यसअघिको सत्तारुढ गठबन्धनले पार्टीमाथि गरेको घेराबन्दी तोडेर नयाँ सहकार्य शुरु भएकाले त्यसले पार्टीको मिशन २०८४ लाई सफल बनाउन आधार तयार पारेको तर्क समेत।
उनले एमालेको अर्जुन दृष्टि मिसन २०८४ भएकाले अन्य विषयमा जस्तोसुकै त्याग गरेर अघि बढ्न पनि तयार रहेको बताए।‘अहिलेको संसद भित्र हामीले चाहेजस्तो नीतिगत नेतृत्व सम्भव छैन। हामीले त मुलुकको आरालो यात्रा रोक्नका लागि मात्रै सहकार्य गरेका छौं। मुलुकलाई विकास र समृद्धिको यात्रामा नयाँ युगमा प्रवेश गराउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्दछ। त्यस अर्थमा मिसन २०८४ नेकपा एमालेको अर्जुन दृष्टि हो भन्ने कुरालाई बुझ्न सक्नुपर्दछ,’ उनले भने।मुलुकलाई सही बाटोमा अघि बढाउने काममा एमाले लाग्ने भन्दै महासचिव पोखरेलले सोही अनुसारको गतिविधि अघि बढाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

प्रकाशित : १० चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६