अर्थ-वाणिज्य

सुहाङमा केही गर्ने हुटहुटी र ऊर्जा रहेको पाएँ : ओली



इलाम ११ चैत ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुहाङ नेम्वाङमा केही गर्ने हुटहुटी र ऊर्जा रहेको बताएका छन्।इलाम क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेपछि एमाले अध्यक्ष ओलीले सुहाङबारे सामाजिक सञ्जालमा लैख्दै ‘आम युवामा जस्तै उनमा पनि केही गर्ने हुटहुटी र ऊर्जा’ रहेको बताएका हुन्।ओलीले सुहाङसँगैको तस्बिर पनि सामाजिक सञ्जालमा सेयर गर्दै विजयको शुभकामना पनि दिएका छन्।
‘३२ वर्षीय सुहाङ नेम्वाङ इलाम– २ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन्। फूटबल र क्रिकेटमा रुचि भएका, पेशाले लयर सुहाङलाई भेट्दा सरल र नयाँ जोश भएका युवाको रुपमा पाएको छु’ ओलीले लेखेका छन्।आइतबार (चैत्र ११ गते) बसेको एमालेको सचिवालय बैठकले सुहाङलाई इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उठाउने निर्णय गरेको हो।उनी एमालेका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्बाङका कान्छा छोरा हुन्।सुवास नेम्वाङको निधन भएपछि भदौ २५ गतेदेखि रिक्त इलाम–२ मा एमालेले सुहाङलाई उठाउने निर्णय गरेको छ। सुहाङ अधिवक्ता पनि हुन्।

बुवाकै प्रेरणाले वकालती पेसा अपनाएका उनी वैशाख १५ गते तय भएको उपनिर्वाचनमा बुवाकै निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने भएका हुन्।यसअघि फुटबल क्लब र आफ्नै ल फर्म चलाइसकेका सुहाङ बुवा सुवास नेम्बाङको पदचाप पछ्याउँदै राजनीतिमा पाइला राख्न पुगेका छन्।

प्रकाशित : ११ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६