खोज–अनुसन्धान

होली खेलेर नुहाउन नदीमा पसेका तीनजना बालवालिका बेपत्ता



काठमाडौं, ११ चैत । सुनकोशी नदीमा डुबेर तीनजना बालबालिका बेपत्ता हुनुभएको छ ।होली खेलेर नुहाउन नदीमा पसेका तीनैजना बेपत्ता हुनुभएको हो । बेपत्ता हुनेहरूमा उदयपुर त्रियुगा नगरपालिका वडा नं १४ साउनेका मोहनबहादुर मगरका १२ वर्षीय छोरा लोकबहादुर मगर, केदार मगरका नौ वर्षीय छोरा रिदम मगर र रुद्र पुलामी मगरका १२ वर्षीया छोरी रेखा मगर रहनुभएको छ ।कोशीमा डुब्नुभएका रुद्र पुलामी मगरका छोरा लोकचन्द्र मगर र हरिबहादुर मगरका छोरी प्रश्ना मगरलाई भने स्थानीयले उद्धार गर्नुभएको थियो ।बेपत्ता तीनजनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : ११ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६