खोज–अनुसन्धान

तराई–मधेश क्षेत्रमा आज होली : गितसंगित र अविरको छुटटै रौनक




कपिलवस्तु १२ चैत । तराई–मधेश क्षेत्रमा आज होली पर्व मनाइँदै छ । पहाडी क्षेत्रमा फागु मनाएको भोलिपल्ट तराई–मधेशमा होली मनाउने चलन छ । काठमाडौं उपत्यकालगायत पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ ।अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई दहन गरेपछि यो पर्व सम्पन्न हुन्छ ।तराई–मधेशमा भने पूर्णिमाको राति ‘होलिका दहन’ गरेपछि भोलिपल्ट होली मनाइन्छ । विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले पानी छ्यापेर, शुभकामना साटासाट गरी होली पर्व मनाउने गरिन्छ ।
तराईमा होलीका खेल्ने क्रममा गीत र नाचमार्फत पनि मनोरञ्जन गरिन्छ । होलीमा गाइने जोगिरा सररर गीतको विशेष महत्व छ । तराईमा होलीका बेला बजाइने गीत संगीतले होलीको रौनकलाई थप उत्सवमय बनाउने गर्छन् ।पुराणका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रल्हादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा होली मनाउन थालिएको पुराणहरुमा उल्ल्लेख छ । धार्मिक प्रसंग जे भएपनि खराब प्रवृत्तिको अन्त्यका रूपमा लिई त्यसैको खुशीयालीमा रंग र अबिर दलेर होली मनाउने परम्परा रहेको मान्यता छ ।होलीका अवसरमा सरकारले तराई–मधेशका जिल्लामा आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित : १२ चैत्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६