कृषि

एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा प्यानल सहित निर्वाचित




वाँके १२ चैत । एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित भएका छन्। अध्यक्षका प्रतिद्वन्द्वी अमृतबहादुर बिसीलाई हराउँदै देवकोटा आफ्नो प्यानलसहित अध्यक्षमा निर्वाचित भएका हुन्। देवकोटाले ३५१ मत प्राप्त गर्दा बिसीले जम्मा १३२ मत मात्रै प्राप्त गरे। उपाध्यक्षमा देवकोटा प्यानलका मोहनबहादुर बडुवाल ३४६ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी बिसी प्यानलका ताराकेशर गौतमले जम्मा १३० मत प्राप्त गरेका छन्। यस्तै, सचिवमा देवकोटा प्यानलका डम्बर तिवारीले २९१ मत ल्याउदै विजयीहुँदा उनका निकटतम प्रतिद्वन्द्वी डण्डीप्रसाद शर्माले १८९ मत प्राप्त गरेका छन्।
उपसचिव खुलामा टिकाराम सोमै र उपसचिव महिलामा सुशीला विश्वकर्मा निर्वाचित भएका छन्। टिकारामले ३२४ मत र सुशीलाले ३३५ मत प्राप्त गरेका छन्। यस्तै, टिकारमका प्रतिद्वन्द्वी बिसी प्यानलका हरिप्रसाद अधिकारीले १३४ मत र तृप्ती विश्वकर्माले १३३ मत प्राप्त गरेका छन्। नेकपा एमाले सुर्खेतको नवौं अधिवेशनबाट नयाँ नेतृत्वका लागि आइतबार दिउँसो १२ बजेदेखि मतदान भएको थियो। १२ बजेदेखि सुरू भएको मतदान प्रक्रिया बेलुका ६ बजेसम्म सकिएको थियो। त्यसपछि मतगणना आइतबार रातिदेखि सुरू गरिएको थियो। पाँच पदाधिकारीसहित अन्य सदस्यहरूका लागि भएको निर्वाचनमा कुल ४९५ मतदाता मध्ये ४८६ जना मतदाताले मतदान गरेका थिए।निर्वाचन कमिटीले निर्वाचित भएको घोषणा गर्न भने बाँकी छ।

प्रकाशित : १२ चैत्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६