खोज–अनुसन्धान

१७ युवकले पालैपालो कर्णाली पुलबाट हामफाले, एकजना बेपत्ता



सुर्खेत १३ चैत ।कैलाली र बर्दियालाई जोड्ने चिसापानीस्थित कर्णाली पुलबाट सोमबार पालैपालो १७ जना युवाले हामफाले।होली मनाउन पुलमा जम्मा भएको सयौँ जनाको भीडबीच १७ जना पालैपालो कर्णालीमा हामफालेर हेलिएत्यसरी हामफालेर कर्णालीमा हेलिएकामध्ये एकजना युवक अहिले बेपत्ता भएका छन्। कर्णालीमा जोशिएर हामफालेका युवकहरू होली मनाउँदै चिसापानी पुलमा पुगेका थिए। होली पर्वको रमाइलोबीच १५ जना युवकले पहिले नै हामफालिसकेका थिए। केही सेकेन्डको बीचमा १६ औँ नम्बरमा अर्का युवकले हामफाले।अगाडि हामफालेका युवकहरू कर्णालीमा हेलिँदै किनारतिर अघि बढिरहँदा १६ औँ नम्बरका ती युवक हामफालेलगत्तै डुब्न पुगे।कर्णालीको पुलमाथि वारिपारि जम्मा भएर हेरिरहेकाहरू ती युवक डुबिरहेको देखेर आत्तिए।

ती युवक डुबिरहेको दृश्य कैलालीकी पत्रकार इन्दु केसीले कैद गरिरहेकी थिइन्। उनले कैद गरेको भिडिओमा हेर्दा हेर्दै ती युवक कर्णालीमा बिलाउन पुगे। जिन्दगीमा साह्रै ठूलो पछुतो रह्यो। आँखैअगाडि यसरी हाम फालेको देखियो, हाफफालेका १७ जनामध्ये एक जना बेपत्ता भएु, इन्दुले पछुतो मान्दै सामाजिक सञ्जालमा भिडिओ पोस्ट गरेर भनेकी छन्, प्रत्यक्षदर्शी भएर म पनि रमिता हेर्ने जमातमा परेँ। हामफाल्दैछ्न भन्ने थाहा पाउनेबित्तिकै प्रहरिलाई खबर गर्छु भन्ने सोच्दा सोच्दै हामफाले। समयमा खबर गरेको भए सायद घटना हुने थिएन कि?

तत्कालै किनारमा रहेका दुईवटा डुंगा ती युवकको खोजीमा नदीमा हेलिए। तर डुबिसकेका ती युवकलाई डुंगा चालहरूले भेट्टाउन सकेनन्।उनीअगाडि हामफालेका १५ जना र उनीभन्दा पछि हामफालेका एकजना युवक कर्णालीमा हेलिँदै किनारमा निस्किए। तर उनी कर्णालीमा हामफालेलगत्तै डुबेर बेपत्ता भएका छन्।

यसरी अन्य साथीहरूसँगै कर्णालीमा हामफालेर बेपत्ता भएका युवक हुन् कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही।जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले हामफालेका १७ मध्ये लोकेन्द्र कर्णालीमा डुबेर बेपत्ता भएको पुष्टि गरे।

ुबेपत्ता भएका लोकेन्द्रको डुंगासहित सुरक्षाकर्मी परिचालन गरेर खोजी भइरहेको छु, उनले भने, तर अहिलेसम्म उनको अवस्था खुलेको छैन।कर्णाली पुलको दायाँबायाँ मानिसहरू चढेर सजिलै हामफाल्न सक्ने बार छ। उक्त बारमा झुन्डिँदै युवाहरू जोशिएर कर्णालीमा हामफाल्ने गर्छन्।

प्रकाशित : १३ चैत्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६