अर्थ-वाणिज्य

होली कन्सर्टमा ढुंगा र बोत्तल प्रहार गर्ने पक्राउ



 

दाङ १२ चैत । दाङ देउखुरीको राप्ती गाउँपालिका( कालापानी दोलाई खोलामा सञ्चालित सिसहनियाँ होली कन्सर्टमा ढुंगा र बोत्तल प्रहार भएको छ ।एम। एम विके । एल प्रालिले गत चैत १० गते देखि सुरू गरेको कन्सर्टको सोमबार अन्तिम दिन होलीका दिन राति करिव ७स्३० बजेको समयमा युवाहरूको एक समुहले कन्सर्टको गेट तोडफोड गर्नुका साथै ढुंगा र बोत्तल प्रहार गर्दा भएको झडपमा परि राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानीका ३४ वर्षिय सुनिल चौधरी घाइते भएका छन् । भने बोत्तल तथा ढुंगा प्रहार गर्ने राप्ती गाउँपालिका(४ मौरीघाट निवासी अन्दाजी २०र२२ वर्षका तोरण केसी पक्राउ परेका छन्। केसीलाई इलाका प्रहरी कार्यालय सिसहनियाँले पक्राउ गरि इलाका प्रहरी कार्यालय भालुवाङ पठाएको छ । घाइते चौधरीको टाउकोमा गहिरो चोट लागेको र ४ ठाउँमा टाका लगाइएको छ । उनको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचार पछि घर फर्किसकेको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ ।

ठाउँको नामको विषयमा सामान्य विवाद हुँदा सो आक्रमण भएको प्रहरीले बताएको छ । कार्यक्रम माथि आक्रमण भएपछि कलाकारहरूलाई सुरक्षित तरिकाले गन्तव्यमा पठाइएको छ भने कार्यक्रम समेत बन्द गरिएको छ ।

प्रकाशित : १३ चैत्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६