अर्थ-वाणिज्य

बुटवलमा युवामाथि छुरा प्रहार, २ जना पक्राउ



बुटवल १४ चैत्र । बुटवलको रात्रीकालिन बजार बनाउने भनिएको कालिकापथमा मँगरबार साँझ एक युवामाथि छुरा प्रहार भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार कालिका पथको सिद्धार्थ कटेज अगाडि साँझ करिब ९ः१५ बजेको समयमा युवामाथि छुरा प्रहार भएको हो ।स्थानीय युवाहरु बीच भएको झगडामा छुरा प्रहारबाट बुटवल उपमहानगर–३ का सागर थापा गम्भीर घाइते भएका छन् ।

उनको दायाँ कोखामा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । घटना लगत्तै थापालाई उद्धार गरि लुम्बिनी प्रादेशीक अस्पताल पु¥याइएको छ । चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बुटवल उपमहानगर ३ का सुजन गलामी र युवराज पुन रहेका छन् ।पक्राउ परेका दुई जनामाथि अनुसन्धान सुरु गरिएको र घटनाको कारण बारे उनीहरुको बयानपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ । रात्रीकालिन बजार बनाउने भनिएको कालिकापथमा यस घटनाअघि समेत हुने गरेका गतिविधिहरुले सुरक्षा व्यवस्थामा नै प्रश्न उठेको छ ।

प्रकाशित : १४ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६