अर्थ-वाणिज्य

भरुवा बन्दुक सहित ४ जना पक्राउ




पाल्पा १४ चैत । जिल्लामा भरुवा बन्दुक सहित चार जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रैनादेवी छहरा–७, का ५६ वर्षीय विनोद थापा, रुपन्देही जिल्ला सैनामैना नगरपालिका–५, बस्ने ३८ वर्षीय सन्तोष राना रहेका छन् । यस्तै सैनामैना–१० बस्ने ४१ वर्षीय सुकई थारु र रैनादेवी छहरा–७ का २४ वर्षीय रमेश कुमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरुको साथबाट एक थान भरुवा बन्दुकसहित छर्रा र बारुद फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । उनीहरूलाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमाथि थप अनुसन्धान कार्य चलिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १४ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६