अर्थ-वाणिज्य

प्रेमीसंग लागेर श्रीमानको हत्या गर्ने महिमा सहित ५ जना दोषी ठहर

माओबादी जिल्ला नेता दीपक पाण्डेयको हत्या प्रकरण




कपिलवस्तु १४ चैत ।माओबादी केन्द्र जिल्ला नेता दीपक पाण्डेयको हत्याको ज्यान मुद्दामा ५ जनालाई अदालत दोषी ठहर गरेको छ । सो मुद्दामा मृतक पाण्डेकी श्रीमति महिमा पाण्डेलाई मतियारकारुपमा कसुरदार ठहर भएको अदालतका श्रेस्तोदार सुमन पाण्डेयले बताए । २०७८ जेठ ५ गते राति पाण्डेयलाई गोली प्रहार गरिएको थियो । उनको उपचारका क्रममा जेठ १० गते काठमाण्डौको शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।सो मुद्दामा महिमाका प्रेमी कपिलवस्तु नगरपालिका वडा नम्बर १ आनन्दबागका प्रकाश भन्ने ओम प्रकाश यादव, कपिलवस्तु नगरपालिकावडा नम्बर १ मस्जिद टोलका अककायदा भन्ने शाकीर अली मुसलमान र सोही पालिका वडा नम्बर २ का रमजान शाह भन्ने कलाम हुेसेनले मिलेर पाण्डेयको हत्या गरेको अदालतले ठहर गरको श्रेस्तेदार पाण्डेयले बताए ।

हत्या पछि पेस्तोल लुकाउन सहयोग गरेका कपिलवस्तु नगरपालिका वडा नम्बर १ कैलाश टोलका पुर्णबिर पाल्पालीलाई समेत कसुरदार ठहर गरिएको छ । २ बर्ष १० महिना पछि अदालतले सो मुद्दाको किनारा लगाएको हो । सजाय भने अझै तोकिएको छैन । ३ बर्ष भन्दा बढी फौजदारी सजाय हुनेलाई फौजदारी कसुर निर्धारण तथा कार्यान्वयन एैन २०७४ अनुसार केही दिन मै सजाय निर्धारण गरिने श्रेस्तेदार पाण्डेयले बताए । घटनामा प्रहरीले १२ जनाालई पक्राउ गरी मुद्दा चलाए पनि ७ जनाले भने सफाइर्ए पाएका छन । सफाई पाउनेहरुमा मोटो भन्ने नसरत अली शेष, प्रबीण गुप्ता, सद्दाम हुसेन खा, सिरिया भन्ने श्रीराम चौधरी, गोलु भन्ने राधेश्याम चौधरी, राजेश भन्ने ज्ञानेन्द्र कुमार पाण्डेय राम कुमार यादव र सुनिल भन्ने सन्जु शुक्ला रहेका छन ।

प्रहरीले १२ जनामाथी हातहतियार खरखजा, ज्यान मार्ने उद्योग, कत्तब्र्य ज्यान र संगठित अपराध मुद्द दर्ता गरेको थियो ।
नेता दिपक पाण्डेको हत्याको मुख्य कारण उनकी श्रमिति र ओम प्रकाश यादव बिच अबैध सम्बन्ध रेहेको प्रहरीले जनाएको छ । जनता समाजबबादी पार्टीका तत्कालीन प्रदेश स्तीय बिदार्थी संगठनका अध्यक्ष समेत रहेका ओम प्रकाश र मृतककी श्रीमिति महिमा बिच ५ बर्षको अनैतिक संबन्धका कारण नै घटना भएको प्रहरी प्रतिबेदनमा छ ।

प्रकाशित : १४ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६