अन्तर्राष्ट्रिय

गैर आवासीय नेपाली संघ र बुद्ध परिपथका ४ पालिका बिच समझदारी पत्रमा हस्ताक्षर



काठमाठौं १५ चैत । लुम्बिनी क्षेत्रको पर्यटन पवर्द्धन तथा विकासका लागि गैर आवासीय नेपाली संघ ९एनआरएनए० र बुद्व परिपथका ४ नगरपालिका बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा एनआरएनएका अध्यक्ष डा। बद्री केशी, एनआरएनएका पर्यटन प्रवर्द्धन समितिका संयोजक सोम सापकोटा, लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुशलमान, कपिलवस्तु नगरपालिकाका मेयर सुदिप पौडेल, देबदह नगरपालिकाका मेयर ध्रुब खरेल र रामग्राम नगरपालिकाका मेयर धनपत यादवले समझ्दारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
समझदारी पत्रमा गैरआवासीय नेपाली संघले लुम्बिनी र बुद्धपरिपथको विकासको लागि नगरपालिकाहरुसँग एक भएर अघि बढ्ने, गैरआवसीय नेपाली भएका देशमा त्यहाँका नागरिकलाई लुम्बिनी भ्रमणको लागि उत्प्रेरित गर्ने उल्लेख छ । त्यस्तै बुद्ध धर्मको बारेमा विभिन्न देशमा प्रचारप्रसार गर्ने, बुद्ध दर्शन बारे अन्तर्राष्ट्रिय सम्मेलनहरु आयोजना गर्ने, बुद्ध दर्शन सम्बन्धि संघ संस्था तथा कुटनीतिक नियोगसँग पनि समन्वय गरेर लुम्बिनीलाई संसारसँग जोड्न पुलको रुपमा एनआरएनएले काम गर्ने उल्लेख छ ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा। बद्री केशीले पर्यटकको वातावरण तयार गर्न तथा नेपालको संस्कृति तथा सम्पदा विश्वमा चिनाउन आफूहरुले बुद्धपरिपथका नगरपालिकाहरुसँग सहकार्य गरेको बताए । ‘हामी ७० लाख नेपाली बाहिर छौं। त्यतीले एक एक जना मान्छे भित्राउन सकेपनि असंख्य पर्यटक भित्राउन सक्छौं भन्ने अवधारणा हो ।’ उनले भने ‘लुम्बिनीमा गएर आधा घण्टामा फर्किने चलन छ । बुद्ध परिपथका चार पालिकामा पर्याप्त सम्पदाहरु छन् । तिनिहरुको इतिहास बुझाउन सक्ने हो भने पर्यटकहरु एक हप्ता लुम्बिनी बस्छन् ।’ बुद्ध र शान्तिको सन्देशसँगै आँफूहरुले नेपालको सम्पदा र संस्कृतीको प्रचार प्रसार गर्ने केशीको भनाइ छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्धिन मुशलमानले एनआरएनएसँगको समझ्दारीले लुम्बिनीको अन्तर्राष्ट्रिय प्रचार प्रसारमा ठूलो सघाउ पुग्ने बताए । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले स्थानीय तहबाट बुद्धस्थलको विकासको लागि सक्दो प्रयास गरेको र त्यसमा एनआएनएले काँध थापेको उल्लेख गरे । समझ्दारी पत्रमा नभई आफ्नो सपना र विश्वासमा हस्ताक्षर गरेको अनुभव भएको उनले सुनाए ।

रामग्राम नगरपालिकाका मेयर धनपत यादवले विदेशमा बसेका नेपालीहरुले लुम्बिनीसँगै अन्य बुद्धस्थलहरुको पर्यटनमा चासो राखेको भन्दै निकै खुशी लागेको बताए । देबदह नगरपालिकाका मेयर ध्रुब खरेलले स्थानीय नगरपालिकालाई पनि एकैठाउँमा राखेर सञ्चालन गरिने यो कार्यक्रमले पर्यटन क्षेत्रमा ठूलो फाइदा पुग्ने उल्लेख गरे ।

प्रकाशित : १५ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६