अर्थ-वाणिज्य

उचित मूल्य र सहजीकरणकालागि थोकबजार केन्द्र स्थापना गरिनुपर्छः उद्योगी व्यवसायी




भुपाल थापा
कपिलवस्तु १६ चैत्र । स्थानीय उत्पादनको उचित बजारीकरणका लागि कपिलवस्तुका उद्योगी ब्यवसायीले थोकबजार केन्द्र स्थापनाको माग गरेका छन् । कृषि उपजले उचित बजार मूल्य पाउने र सहज बजारीकरण समेत हुने भन्दै उनीहरुले केन्द्र स्थापनाको माग गरेका हुन् । उद्योग तथा यातायात व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेशको आयोजना र घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुको ब्यवस्थापनमा शुक्रबार तौलिहवामा भएको उद्योगी तथा ब्यवसायीसँगको अन्र्तक्रियात्मक कार्यक्रममा उक्त कुरामा जोड दिइएको हो ।
उनीहरुले एकल उद्यमले बजार ब्यवस्थापनमा समस्या आएको भन्दै उत्पादनको ब्राण्ड सिर्र्जना गर्न र स्थानीय उत्पादनमूलक उद्योग, ब्यवसायको समेत प्रवद्र्धनमा टेवा पुग्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका छन् । जिल्लाका रैथाने उत्पादनको संरक्षण, प्रवद्र्धन र स्तरीकरणमा थोकबजार बैंकको संचालनले महत्वपूर्ण भूमिका खेल्ने समेत उनीहरुले बताए ।
सालको पातबाट बन्ने सामग्री, थाकलबाट बन्ने सामग्री, माटोबाट बन्ने सामग्री लगायत यहाँका तोरी उत्पादन, मह उत्पादन र उखु उत्पादनको संयुक्त उद्यम प्रणाली मार्फत कार्य गर्न आवश्यक रहेको समेत उल्लेख गरे । स्थानीय खानाका परिकारको ब्राण्डिङ्ग गर्न सकेमा साना उद्योगीहरुको ब्यवसायमा चलायमान आउनुका साथै आर्थिक उर्पाजनमा सघाउ पुग्ने महिला उद्यमी रेवती पौडेल बताउँछिन् ।
कार्यक्रममा उपस्थित अधिकांश सहभागीहरुले घरेलु तथा साना उद्योग कार्यालय र कर कार्यालयबीचमा कार्यालयगत अन्तर समन्वय नहुँदा उद्योगी ब्यवसायीले समस्या झेल्नुपरेको गुनासो गरेका छन् । घरेलुमा दर्ता भएका ब्यवसायहरु प्रकृयागत रुपमा खारेजी गरेता पनि करदाता कार्यालयमा नविकरण र कारवाहीका लागि ताकेता गरिनु नियमसंगत नभएको तौलिहवा उद्योग बाणिज्य संघका उपाध्यक्ष सन्दीप कुमार श्रीवास्तवले बताए ।
२० बर्ष अघि आफुले दर्ता गरेको फर्म खारेज गरि आएको अवस्थामा हाल आएर कर कार्यालयले फर्म नवीकरण नगरेको भन्दै लिष्ट सार्वजनिक गर्नु जायज नभएको तर्क अर्का ब्यवसायी कमल पन्थीका छ । साना उद्यमीलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्ने बाणिज्य संघका महासचिव देवेश जैसवाल बताउँछन् ।
उद्योग तथा यातायात व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेशका महाशाखा प्रमुख उपसचिव राजेन्द्र प्रसाद पन्थीले प्रदेश सरकारले उद्योगी ब्यवसायीको समस्या बुझ्दै रणनैतिक योजना तयार पार्न कार्यक्रमको आयोजना गरिएको बताए । घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख प्रेम बहादुर गौतमले प्रदेश सरकारले यहाँका उद्योगी ब्यवसायीको हितका लागि योजना बनाउदै प्राथमिकता दिएको उल्लेख गरे । उनले भने, कपिलवस्तुमा नव उद्यम गर्न चाहनेका लागि उपयुक्त तालिम, प्रशिक्षण तथा पैरवी गर्ने कार्यका लागि घरेलु कार्यालय निरन्तर सक्रिय छ ।
मन्त्रालयका अधिकृत राजेन्द्र प्रसाद पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा करदाता सेवा कार्यालय कपिलवस्तुका प्रमुख सुरेश बराइली, तौलिहवा उद्योग बाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी दिपु, महिला उद्यमी महासंघ अध्यक्ष लक्ष्मी सारु मगर, बिभिन्न पालिकाका युवा, उद्यम तथा योजना शाखा प्रमुख, जिल्लाका सक्रिय उद्यमी, ब्यवसायी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६