अर्थ-वाणिज्य

सहकारीमा आएको संकट समाधानमा नेतृत्व लिन राष्ट्र बैकका गभर्नरलाई मन्त्री अधिकारीको आग्रह




काठमाडौ १८ चैत । भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीसंग सहकारीका समस्या समाधानका विषयमा आज छलफल गर्नु भएको छ। मन्त्री अधिकारीले आफ्नै कार्यकक्षमा गभर्नर अधिकारीसंग छलफल गर्दै मन्त्रालयले कर्जा असुली न्ययाधिकरण गठनगर्न प्रकृया अघि वढाएकोले यसलाई कार्यान्वयन गर्न राष्ट्र बैकको प्रभावकारी भूमीकाको अपेक्षा राख्नु भयो ।मन्त्री अधिकारीले कर्जा सूचना केन्द्र स्थापना र बचत संरक्षण कोष खडा गर्न प्रकृया अघि वढाएको वताउदै मन्त्रालयले कर्जा सूचना केन्द्र मार्फत आर्थिक कारोवार गर्ने सहकारीको नियमन गर्न चाहेकाले राष्ट्रबैकले यसको नेतृत्व गर्न समेत आग्रह गर्नु भयो ।

सो अवसरमा बोल्दै गभर्नर अधिकारीले कर्जा असुली न्यायधिकरण र कर्जा सूचना केन्द्र आवश्यक रहेको निष्कर्ष सरकारले निकालेपछि राष्ट्र बैकले त्यसको मोडालिटीमा आफ्नो तर्फवाट सुझाव दिदै कार्यान्वयनमा सक्दो भूमिका निर्वाह गर्ने वताउनु भयो । उहाले कर्जा सूचना केन्द्रको स्पष्ट संरचनाका विषयमा सरकार र राष्ट्रबैक बीच छलफल भएर उचित निष्कर्षमा छिटटै पुग्नु पर्नेमा जोड दिनु भयो ।छलफलमा भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्ष मणि दुवाडी र सहकारी विभागमा महानिर्देशक पिताम्वर घिमिरे समेत सहभागि हुनु हुन्थ्यो । मन्त्रालयका सचिव दुवाडीले सहकारी क्षेत्रको समस्या समाधान गर्न मन्त्रालय र राष्ट्रबैक बीच भएको यस प्रकारको छलफलले छिटै सहकारी क्षेत्र ब्यवस्थित पार्न मार्ग प्रसस्त गर्ने विश्वार ब्यक्त गर्नु भयो ।
फोटो ः

प्रकाशित : १८ चैत्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६