खोज–अनुसन्धान

बडिगाड खोलामा डुबेर दुई जनाको मृत्यु




गुल्मी १९ चैत । दुई दिनको अन्तरालमा बडिगाड खोलमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ । शनिबार अपरान्ह अन्दाजी ५ बजेको समयमा मुसिकोट नगरपालिका ४ आरुपाटाका २१ वर्षिय सन्दिप कुमाल र आईतबार दिउँसो ११ बजेको समयमा गुल्मीदरबार गाउँपालिका २ घोरा उपल्लाखर्कका १२ वर्षिया छोरा प्रिन्स सारुको शव बडिगाड खोलामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक सुर्यमान चौधरीका अनुसार शनिवार पौडी खेल्ने क्रममा साँझ ५ बजेतिर बेपत्ता भएका बालक प्रिन्सको शव बडिगाडखोलाको सोता भन्ने स्थानमा फेला परेको हो । त्यस वडाका वडाध्यक्ष लक्ष्मी भण्डारीले सुचित गरे पछि मजुवा प्रहरी चौकी ईन्चार्ज प्रहरी सहायक निरीक्षक कमल बञ्जाडेको नेतृत्वमा पुगेको प्रहरी र स्थानीयवासीले खोजतास गरी फेला पारेको प्रहरी निरीक्षक चौधरीले बताए । साथै आफु घटना स्थलमा जाँर्दै गरेको प्रहरी निरीक्षक चौधरीले बताए ।
त्यस्तै आरुपाटाका सन्दिपको शव ग्वादीकााचौर नजिकै बडिगाड खोलामा फेला परेको हो । उनी माछा मार्नका लागि जाल खेल्ने क्रमा डुबेर बेपत्ता भएका थिए । उनलाई खोजी गर्ने क्रममा जालको डोरी खुट्टामा बेरिएको अबस्थामा मृत फेला पारिएको थियो ।

उनी संगै माछा मार्न पुगेका छिमेकी १५ वर्षीय पवन कुमालले हारगुहार गरे पछि वडा सदस्य लोकबहादुर कार्कीले वामीटक्सार प्रहरी चौकीलाई सुचित गरेका थिए । सुचना लगत्तै प्रहरी बरिष्ठ नायव निरीक्षक लक्ष्मण बिश्वकर्माको नेतृत्वमा पुगेको प्रहरी टोली र स्थानीयले चिन्ताजनक अबस्थामा फेला पारेका थिए ।

प्रहरीले उनलाई वामीटक्सारको अस्पतालमा लगिएको थियो । त्यहाँँबाट लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास रिफर गरेकोमा सोही दिन साँझ ८ बजेर ३५ मिनेट जाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरी निरीक्षक चौधरीले बताए । बडिगाड खोलमा माछा मार्ने र पौडी खेल्ने क्रममा हाल सम्म धेरैले ज्यान गुमाउँदै आएका छन ।

प्रकाशित : १९ चैत्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६