अर्थ-वाणिज्य

होटल व्यवसायीहरूको दबाबमूलक र्‍याली



बुटवल१९ चैत । रुपन्देहीका होटल व्यवसायीहरूले बुटवलमा दबाबमूलक विरोध र्‍याली गरेका छन् । शनिबार उनीहरुले विभिन्न समस्याहरूको व्यवस्थाको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।देशमा कोभिड १९ को असर, विश्वव्यापी आर्थिक मन्दी, प्रदेश राजधानी स्थानान्तरण, दिनानुदिन बैंकको ब्याजदर वृद्धि, चर्को घर भाडा, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन लगायत व्यवस्थापनका लागि सरकारलाई दबाब दिने उद्देश्यका साथ बुटवलमा विरोध र्‍याली आयोजना गरिएको संघका अध्यक्ष लेखनाथ भण्डारीले बताए ।
कार्यक्रममा होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ, लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, मिष्ठान तथा क्याटरिङ सङ्घ रुपन्देही जिल्लाका सचिव केशव कँडेल, संघका महासचिव अर्जुन थापाले विरोध कार्यक्रम वर्तमान समयको माग भएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिए ।
कार्यक्रममा नेपाल औषधी व्यवसायी रुपन्देही जिल्ला, घर बहाल सरोकार सङ्घ, मानवअधिकार तथा शान्ति समाज रुपन्देही, मिष्ठान तथा क्याटरिङ सङ्घ रुपन्देही जिल्ला लगायत संस्थाहरू, आम नागरिक, उद्योगी, व्यवसायीलाई आ–आफ्नो ब्यानरसहित विरोध सभामा सहभागी भएको कार्यक्रम संयोजक तथा सहसचिव अर्जुन पोखरेलले बताए ।

प्रकाशित : १९ चैत्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६