अर्थ-वाणिज्य

यशोधरामा उत्थानसील योजनाको समिक्षा




कपिलवस्तु २० चैत । कपिलवस्तुको तौलिहवामा यशोधरा गाउपालिकाको २ दिने स्थानीय बिपद तथा जलवायु उत्थानशील योजना समिक्ष बैठक संपन्न गरिएको छ । जीवन सुधार परियोजना अन्र्गत युनाईटेड मिशन टु नेपालको सहयोगमा दलित सामाजिक विकास केन्द्रको आयोजनामा सो समिक्षा गोष्ठी संपन्न भएको हो । ४ बर्ष अघि यशोधरा गाउपालिकाको बिपद सम्बन्धी योजना निर्माण गरिएको थियो । सोही योजनाको समिक्षा र आगामी कार्ययोजना निर्माणका लागि समिक्षा गोष्ठी संपन्न गरिएको केन्द्रका कार्यकारी निर्देशक रामशरण रैदासले बताए । बिपद बाढी, नदी कटान, आगलागी, शीतलहर, खडेरी, संर्पदंश लगायत बिषयमा समिक्षमा चर्चा गरिएको थियो । ३ महिना अघि बिपद कै बिषयमा खोरियामा नमुना जल अभ्यास समेत गरिएको थियो । कार्यक्रममा बिपद पर्व तयारी राष्ट्रिय संजालका संस्थापक अध्यक्ष राम प्रसाद भट्टराईले बिपदका कारण, पार्ने असरहरु, न्युनीकरणका उपाय लगातयका बिषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा सहयोगी संस्था मेन्सन श्रेष्ठले समेत बिपदका बिषयमा यशोधरा गाउपालिकाले कार्ययोजना सहीत अघि बढनु पर्ने सुझाव दिएका थिए । सो अवसरमा गाउपालिका उप प्रमुख गुन्जादेबी मौर्यले आफनो पालिकाले बिपदका बिषयमा कार्ययोजना सहीत अघि बढने बताईन । समिक्षामा सशस्त्र प्रहरी डंगरीका प्रहरी निरीक्षक अजुृन कुवर, मर्यादपुर र रंगपुर चौकीका इ्रन्चार्ज, गाउपालिका सामाजिक विकास शाखा प्रमखु कृष्ण पाण्डेय, योजना प्रमुख श्यामु यादव, प्रशासन शाखा प्रमुख रेशम शर्मा, परियोजना अधिकारी रमेश कुर्मी, सुपरवाईजर लग्गन हरिजन लगायतको सहभागीता थियो ।

प्रकाशित : २० चैत्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६