अर्थ-वाणिज्य

बैंकको ज्यादती विरुद्ध जिल्ला प्रशासन अगाडि धर्ना




तिलोत्तमा २० चैत । बैंक तथा वित्तीय संस्थाले ज्यादती गरेको आरोपसहित बैंक तथा वित्तीय संस्था पीडित समन्वय समिति विरोधमा उत्रिएको छ । पीडितको समस्या समाधानका लागि विभिन्न निकायमा आग्रह गरे पनि मागको सुनुवाइ नभएपछि सोमबार जिल्ला प्रशासन कार्यालयको गेट अगाडि धर्नामा बसेर विरोध जनाएको समितिका अध्यक्ष दुर्गा प्रसाद पोखरेलले बताए । उनले जनताको घाँटी निमोठ्न र घरवारविहीन बनाउन नपाइने भन्दै जनताको तागतलाई कसैले रोक्न नसक्ने बताए ।‘बैंकले २० करोडको सम्पत्ति १० करोड मूल्यांकन गरेर धितो लिलामी गरेका छन्,’ उनले भने, ’बैंक, सहकारी, लघुवित्त तथा मिटरब्याजीबाट जनता धेरै पीडित छन् ।’ पटक–पटक ज्ञापनपत्र बुझाएपनि आफुहरुको माग सम्बोधन नभएको र पीडितलाई महत्व नदिइएकाले शान्तिपूर्ण धर्ना गरेको उनको भनाई छ ।
उनीहरुले माग पूरा गर्न थप एक हप्ताको अल्टिमेटम दिएका छन् । यदि सो अवधिमा पनि कुनै नतिजा नआए अन्य संघर्षका कार्यक्रम घोषणा गर्ने जनाएका छन् । त्यस्तै, सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बैंकले ब्याजको स्याज पनि असुली गरेको बताए । उनले अहिले सबैभन्दा ठूलो मिटरब्याजी बैंक नै भएको आरोप लगाए ।सिद्धार्थनगर नगरपालिका–१३ की वडा सदस्य निलु श्रीसले नागरिकलाई समस्या पर्दा पनि आफ्नै देशका नागरिकको समस्या बैंकले बुझ्न नसकेको बताइन् । ‘नागरिकले ऋण तिर्दैनौँ त भनेका छैनन् । तर, अहिलेको अवस्थामा तिर्न समस्या छ ।

प्रकाशित : २० चैत्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६