अर्थ-वाणिज्य

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव चैत्र २३ -२४ मा हुने




बुटवल २० चैत । लुम्बिनीमा चैत २३ र २४गते लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा हुने महोत्सवमा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन, अन्तर्राष्ट्रिय ध्यान दिवस र लुम्बिनी शान्ति कन्सर्ट गरी तीन वटा प्रमुख कार्यक्रम समावेश हुने आयोजकले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।लुम्बिनीलाई विश्व शान्ति र धार्मिक सांस्कृतिक पर्यटन गन्तव्यको रुपमा विश्वव्यापी रुपमा प्रवर्द्धन गर्नुका साथै नेपाल र चीनबीचको जनस्तरको सद्भाव र सम्बन्धलाई अझ प्रगाढ बनाउन कार्यक्रम गर्न लागिएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।

उनले सन् २०२२ बाट सुरु भएको यस खालको कार्यक्रमलाई निरन्तरता दिइ लुम्बिनीको सन्देश विश्वभरि फैलाउन सकिने जनाए । साथै शान्ति क्षेत्र लुम्बिनीमा हरेक वर्ष विदेशी धावक यहाँ आउन् र दौड मार्फत लुम्बिनीको परिचय आफ्नो देशमा लैजाउन् भन्ने उद्देश्य आफूहरूको राखेको उनले बताए ।म्याराथनमा भाग लिने धावक मध्ये पुरुष धावकलाई प्रथम पुरस्कार ५ लाख रुपैयाँ, दोस्रो हुनेलाई ३ लाख, तृतीयलाई २ लाख रुपैयाँ गरी क्रमशः १० औं स्थानसम्म आउनेलाई नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै हाफ म्याराथनमा भाग लिने महिलाका लागि प्रथम पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख ६० हजार र तृतीय पुरस्कार १ लाख २० हजार राखिएको छ ।
यस बाहेक खुला रुपमा वाकाथनमा सहभागिता जनाउने र विद्यालयस्तरबाट भाग लिनेलाई १५ हजार, १० हजार र ५ हजार पुरस्कार राखिएको लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए । उनका अनुसार पुरस्कारका लागि मात्र १९ लाख १५ हजार रुपैयाँ छुट्याइएको छ ।पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ दूतावासका मिसन उपप्रमुख वाङ जिङले नेपालसँग मिलेर यस्तो कार्यक्रमले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने बताए । उनले चीनका पुराना योगीहरूले समेत लुम्बिनीको यात्रा गरि यहाँको पहिचानबारे चीनमा जानकारी गराएकाले आफूहरुका लागि यो सहकार्यले ऐतिहासिक छाप छोड्ने बताए ।

प्रकाशित : २० चैत्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६