अर्थ-वाणिज्य

गच्छे–भालुवाङ सडक निर्माण कार्यले गति लिदै



अर्घाखाँची २० चैत ।राप्ती नदीवारिको जिल्ला अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट दाङको भालुवाङ पुग्न गोरुसिङ्गे हुँदै १ सय २० किलोमिटर सडक यात्रा गर्नुपर्छ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी हो ।अर्घाखाँचीको सिमाना भए पनि सदरमुकाम सन्धिखर्कबाट महेन्द्र राजमार्ग कपिलवस्तुको गोरुसिङ्गे, चन्द्रौटा, धानखोला हुँदै पुग्नुपर्ने अवस्था छ । तर गच्छे भालुवाङ ७३ किलोमिटर सडक निर्माण पूरा भएपछि सडक यात्रा ४७ किलोमिटर छोटो हुनेछ । अर्घाखाँचीलाई भालुवाङसँग जोड्ने गच्छे भालुवाङ सडक निर्माणको काम तीव्र भएको छ ।सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीले प्रदेशको गौरवको योजनाको रूपमा यो सडक निर्माण कार्य अगाडि बढाएको हो । सन्धिखर्कको गच्छेबाट शुरु भएर ढिकुरा, धनचौर, जुकेना, जलुके, लामाताल, दरबाङ हुदै भालुवाङसम्मको सडक निर्माण कार्य भइरहेको सडक विकास पूर्वाधार कार्यालयका प्रमुख गोपिराज पुन मगरले बताउनुभयो ।
७३ किलोमिटरमध्ये गच्छेबाट टोड्केसम्मको १८ किलोमिटर सडकको ग्राभल कार्य सम्पन्न भएको सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीका सबइन्जिनियर टोपबहादुर दर्लामीले बताउनुभयो । यो सडकको विस्तार तथा ग्राभलसहितको कार्य काष्टमण्डप निर्माण सेवाले १२ करोड रुपैयाँको लागतमा सम्पन्न गरेको छ ।टोड्केबाट लामा तालसम्मको ३० किलोमिटर सडकको विस्तार तथा ग्राभलको काम ८० प्रतिशत सम्पन्न भएको सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीका सबइन्जिनियर दर्लामीले बताउनुभयो ।

प्रकाशित : २० चैत्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६