अर्थ-वाणिज्य

लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना सार्वजनिक : के छन चमत्कारिक योजना ?



  दाङ २० चैत । लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना सार्वजनिक गरिएको छ । लुम्बिनी प्रदेश योजना आयोगले ६ वटा समष्टिगत रणनीति तथा विषयगत रुपमा २ सय ४ वटा रणनीति र ८ सय २८ वटा कार्यनीति तय गर्दै आर्थिक वर्ष २०८०र०८२ र २०८५र८६ को आधारपत्र मंगलवार सार्वजनिक गरेको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र प्रदेश योजना आयोगका उपाध्यक्ष डा। नहकुल केसीले देउखुरीमा पत्रकार सम्मेलन गरी सो आधारपत्र सार्वजनिक गरेका हुन् । समृद्ध लुम्बिनी स् आर्थिक विकास, सुशासन र समुन्नतिको दीर्घकालिन सोचसहित कृषि, उद्योग, पर्यटन र हरित अर्थतन्त्रका क्षेत्रमा बृहत्तर रोजगारी र उद्यमशीलताको उपयोग र नयाँ सम्भावनाको खोजी गरिने योजना आयोगले जनाएको छ । लुम्बिनी प्रदेशमा गुणस्तरीय शिक्षा, स्वास्थ्यमा सर्वसुलभ पहुँचलाई सुनिश्चित गरी स्वस्थ्य र दक्ष मावन पुँजीको निर्माण गर्ने यसको उद्देश्य रहेको छ ।

सबै क्षेत्रमा रहेका विभेद र असन्तुलन हटाई सामाजिक न्यायमा आधारित समतामुलक समाजको निर्माण गर्ने लक्ष्य रहेको छ । त्यस्तै सेवा प्रवाह र विकासका आयाममा नवीनतम तथा परिष्कृत प्रविधिको प्रयोग मार्फत सुशासन, जवाफदेहीताको प्रत्याभूति गर्ने र विदेशी तथा स्वदेशी लगानी बढाउन नीतिगत र संरचनागत सुधार गर्ने उद्देश्य रहेका छन् ।

अवधारपत्रलाई चैत १६ गते योजना आयोगको पूणर् बैठकले स्वीकृत गरेको छ । दोस्रो आवधिक योजनामा ५ वर्षमा कुल ग्राहस्थ्य उत्पादन वृद्धिदर ७।२ प्रतिशत, निरपेक्ष गरिबी १८।२० प्रतिशत, प्रतिव्यक्ति आय १५१२ अमेरिकी डलर, मानव विकास सुचाङमा ०।६१० र बाल मृत्युदर २२ प्रतिहजार पुर्‍याउने लक्ष्य निर्धारण गरिएको छ । योजना आयोगले कृषि, उद्योग, पर्यटन बृहत्तर रोजगारी र उद्यमशीलताको विकास एवं हरित तथा डिजिटल अर्थतन्त्र, अन्तरप्रदेश तथा आन्तरिक अन्तरआबद्धता, सुशासन र अनुसन्धान, अन्वेष्ण प्रविधिलाई विकासका मुख्य संवाहकको रुपमा लिएको छ ।

प्रकाशित : २१ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६