अर्थ-वाणिज्य

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिन किन चाहे ?



दाङ २१ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत २२ गते विश्वासको मत लिने भएका छन् ।केन्द्रमा सत्तासमीकरण फेरिएसँगै लुम्बिनीमा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएको थियो । दुई वा दुईभन्दा बढी पार्टी मिलेर सरकार निर्माण भएकाले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार बिहीबार ४ बजे विश्वासको मत लिने तयारी रहेको छ । त्यसका लागि प्रदेश सभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस पठाएको प्रवक्ता पाण्डेयले बताए ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १० सभामुख बाहेक राप्रपा र नागरिक उन्मुक्तिका चार–चारजना सांसद छन् । तर, राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित छन् । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका तीन–तीनजना सांसद छन् भने एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एकजना सांसद छन् । एकजना स्वतन्त्र सांसद छन् ।

नयाँ गठबन्धनमा रहेका एमाले, माओवादी, जसपा र नेकपा एसका सांसद संख्या ४३ छ। नागरिक उन्मुक्ति पार्टीभित्र विवाद भएकाले नयां गठबन्धनलाई समर्थन गर्ने अन्योल छ । अहिलेको अंक गणितमा कुनै चमत्कारिक परिवर्तन नभएमा मुख्यमन्त्री चौधरीको पक्षमा बहुमत पुग्ने अवस्था छैन ।

नेपाली कांग्रेस लुम्बिनी संसदीय दलका सचेतक निमा गिरीले नयां सत्ता गठबन्धनभित्र केन्द्रदेखि प्रदेशसम्मै किचलो रहेको र राजनीति संभावनाको खेल भएकाले मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउन सक्ने संभावना रहेको दावी गरिन् ।

प्रकाशित : २१ चैत्र २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६