अर्थ-वाणिज्य

मालपोत र नापीलाई बिचौलिया र घुसखोर मुक्त बनाउन मन्त्रीको निर्देशन



काठमाडौ २२ चैत ।नेपाल सरकारका भूमी ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मालपोत र नापी कार्यलयलाई विचौलिया र घुसखोर मुक्त गर्न आफू कठोर रुपमा प्रस्तुत हुन लागेको वताउनु भएको छ । उहाले मन्त्रालय मातहतका विभागिय प्रमुख महाशाखा प्रमुख र उपत्यका कार्यलय प्रमुखलाई राखेर मालोत र नापी कार्यलयलाई बिचौलिया र घुसखोर मुक्त बनाउन कडा निर्देशन दिनु भएको छ । उहाले आज मन्त्रालयमा कार्यलय प्रमुखसंग शुसासन प्रबद्र्धन र गुणस्तरीय सेवा प्रवाहका विषयमा आफू मन्त्री भएको करिव १ महिनामा भएका कामको रिपोर्टिङ लिएपछि यस्तो निर्देशन दिनु भएको हो ।

विचौलिया प्रयोग गरि गलत काम गर्ने अभिलेख बेपत्ता पार्ने ,घुस खानमा चर्चामा आएका उपत्यकाका केहि मालपोत र नापी कार्यलयहरुमा सरुवा हुन वा टिकी राख्न मन्त्री वा सचिव समेतलाई प्रभावमा पार्न खोज्नेलाई पहिचान गर्दै आवश्यक कारवाही गर्न आफूले सूचना संकलन गरी रहेको वताउनु भयो । सो अवसरमा मन्त्रालयका सचिव गोकर्ण मणि दुवाडीले वोल्दै मन्त्रीको कडा निर्देशन मुताविक उपत्यकाका मालपोत र नापी कार्यलयलाई विचौलिया मुक्त गर्न सबै कार्यलय प्रमुखलाई निर्देशन दिनु भयो ।

कार्यलयका फाइल विचौलियाले पल्टाउने कर्मचारी हो की विचौलया हो चिन्नै गाह्रो हुने , कहिले काही त कर्मचारी नै विचौलिया बन्ने गरेको जानकारीआफूले पाएको वताउदै त्यस्ता काम आजकै दिनवाट निशेध गर्न समेत उहाले आग्रह गर्नु भयो ।
सचिव दुवाडीले विचौलिया र कर्मचारी उस्तै देखिने काम गर्ने कर्मचारी जुनसुकै पदको भएपनि कानुन अनुसार कारवाही गर्न मन्त्री अधिकारीले निर्देशन दिएकाले आफूले कारावही गरेरै छाड्ने अठोट ब्यक्त गर्नु भयो । सो अवसरमा उपत्यकाका मालपोत र नापी कार्यलयका प्रमुखहरुले भवन नहुदा भएका असुविधा न्यून वजेटमा काम गर्दा परेका समस्या लगायतक ाविषयमा मन्त्री र सचिवको ध्यानकर्षण समेत गराएका थिए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाका केही उत्तरपुस्तिका हराएको विषयमा छानबिन समिति गठन गरी अध्ययन भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाउनुभएका बिषयमाथि जवाफ दिँदै उहाँले तोकिएको परीक्षा तालिका परिवर्तन भएको विषयमा पनि छानबिन समिति गठन भइ अध्ययन सुरु भएको बताउनुभयो ।शिक्षक सेवा आयोगले तोकेको शिक्षक भर्नासम्बन्धी मापदण्डलाई पुनरावलोकनका लागि कार्यदल गठन भएको पनि उहाले बताउनुभयो । उहाले नेपालमा थप मेडिकल कलेज खोलेर विदेशी विद्यार्थी ल्याउन सकिने÷नसकिने विषयमा गृह मन्त्रालयसँग छलफल भइसकेको जानकारी दिनुभयो ।

त्यस्तै मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट गरिने सम्पूर्ण कामलाई डिजिटल प्रविधिमा लैजान बोलपत्र प्रक्रिया अघि बढिसकेको भन्दै प्रमाणपत्रहरु डिजिटल रुपमै उपलब्ध गराउने गरी काम अघि बढाइएको बताउनुभयो ।त्यस्तै उहाले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता रहेको भन्दै प्राविधिक र व्यवहारिक शिक्षालाई थप परिणाममुखी बनाउन मन्त्रालयले काम गरिरहेको दावी गर्नुभयो ।

प्रकाशित : २२ चैत्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६