अर्थ-वाणिज्य

चेक बाउन्स मुद्धा अनुसन्धानमा नयाँ प्रावधान लागु



कपिलवस्तु २३ चैत । चेक बाउन्ससम्बन्धी बैंकिङ कसुर मुद्दा अनुसन्धानमा महान्यायाधिवक्ता कार्यालयले नयाँ सर्कुलर जारी गरेको छ । जसअनुसार अब चेक बाउन्स गराएको शाखा रहेको जिल्लाबाट मात्र अनुसन्धान हुने भएको छ । यसअघि खातावालाको बैंक खाता भएको शाखा रहेको जिल्लाबाट समेत अनुसन्धान हुने गरेको थियो । चेक दिनुभन्दा चेक बाउन्स हुनु अपराध भएकाले बाउन्स भएको शाखा रहेको जिल्लाबाट अनुसन्धान हुन थालेको हो ।जसअनुसार एउटा जिल्लाबाट भएका अनुसन्धान हालै बाउन्स गराएको जिल्लामा अनुसन्धान प्रतिवेदन पठाउन थालिएको छ । महान्यायाधिवक्ता कार्यालयको सर्कुलरअनुसार अब जाहेरी दर्ता र अनुसन्धान सम्बन्धित जिल्लाबाटै हुने जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता नवराज अधिकारी बताउँछन् ।
विगतमा चेक बाउन्सका मुद्दा उच्च अदालतले हेर्नेमा केही महिनायता जिल्ला अदालतले हेर्न थालेका छन् । जसअनुसार अपराधको वारदत तय गर्न चेक बाउन्स गराएको शाखाका आधारमा प्रहरीले अनुसन्धान गर्न थालेको हो । यसले पीडितलाई भने सहज हुने प्रहरी अधिकारी बताउँछन् ।पीडितले आफूअनुकूल जिल्लामा चेक बाउन्स गराउन सक्छन् । उपत्यकाबाहिरको शाखाको चेक भए पनि उपत्यकाका जिल्लामा बाउन्स गराए उपत्यकामै अनुसन्धान हुनेछ । यसले उपत्यकाका प्रहरी कार्यालयमा भने चेक बाउन्सका उजुरीको चाप अझै बढ्ने सम्भावना छ ।

प्रकाशित : २३ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६