अर्थ-वाणिज्य

बिपन्न मुस्लिम परिवारलाई सहयोग बाड्न पुगिन साजिदा



दाङ २३ चैत । नेकपा एमाले नेतृ साजिदा सिद्धिकिले विपन्न परिवारलाई सहयोग गरेकी छिन् ।नेतृ सिद्धिकिले इस्लाम धर्मावलम्बीहरुको विशेष पर्व रमादान अर्थात रोजा बस्ने पर्वको अवसरमा घोराही १२ सुनडबरीमा स्थायी बसोबास गर्ने मुस्लिम परिवारका करिव १० घरलाई विभिन्न खानेकुराको सहयोग गरेकी हुन् । २ दशक अगाडीबाट सामाजिक क्षेत्रमा काम गर्दै आएकी नेतृ सिद्धिकिले उक्त परिवारमा सहयोग वितरण गरेको बताइन् । उनले साँझ बिहान काम गर्दै छाक टार्ने परिवारको समस्या बुझी आफुले सहयोग गरेको बताइन् ।रमादानको अवशर पारेर मुस्लिम परीवारमा सहयोग गरेकी नेतृ सिद्धिकिले अन्य आर्थिक अबस्था न्यून भएका समुदायमा पनि सहयोग गरिने बताइन् । नेतृ सिद्धिकिको सहयोग पश्चात त्यस ठाँउका स्थानीय पनि निकै खुसी भएका छन् । उनीहरुले निर्वाचन जितेर संसद छिरेकाहरु कहिले गाँउ फर्किएनन् तर हजुर भने हाम्रो अबस्था बुझ्न सधै हाम्रै घरदैलोमा आइपुग्नु हुन्छ भन्दै उनलाई राष्ट्रपति भएको समेत देख्न पाँउ भनि आशिर्वाद समेत दिएका थिए ।

नेतृ सिद्धिकि सिसा नेपाल एनजिओको अध्यक्ष हुँदै नेकपा एमालेको केन्द्रिय सदस्य तथा मुस्लिम इत्तेहाद संगठनको केन्द्रिय उपाध्यक्ष र सह–इन्चार्ज भएर काम गर्दै आएकी छिन् । भने विगत २ दशक देखि विभिन्न सामाजिक संस्थामा रहेर काम गर्दै आएकी छिन् । उनले नेकपा एमालेको २ महिने मिश ग्रासरुट पनि सफलता पुर्वक सम्पन्न गरेकी थिइन् । साथै उक्त मुस्लिम बस्तीमा रहेको खानेपानीको समस्या समाधानको लागि पनि पहल गर्ने बताएकी छिन् । बर्षौ देखि खानेपानीको समस्यामा रहेको समुदाएमा प्रतक्ष्य अवलोकनको लागि गएकी नेतृ सिद्धिकिलाई त्यस ठाउँका स्थानीयले आफ्नो समस्या राखेका थिए ।त्यस लगतै घोराही १२ का वडा अध्यक्ष दोर्ण बहकरी सहित खानेपानि समिति लगायतको टिम संग छलफल गरी तत्काल समस्या समाधन गरीदिन आग्रह गरेकी छिन् । घोराही १२ का वडा अध्यक्ष बहकरीले पनि आफुले सक्दो छिटो समस्या समाधान हुने भन्दै आफ्नो प्रतिबद्धता जनाए।

प्रकाशित : २३ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६