अर्थ-वाणिज्य

लामो समय प्रचण्डको प्रमुख स्वकीय सचिव चलाएका महरा मुख्यमन्त्री नियुक्त : यस्तो छ पृष्ठभूमी




दाङ २३ चैत । लुम्बिनी प्रदेशको पाचौं मुख्यमन्त्रीका रुपमा माओवादीका जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश सभामा रहेका ५ दलका ४७ र १ स्वतन्त्र सांसदसहित ४८ सांसदहरूको समर्थनमा महरा मुख्यमन्त्री नियुक्त भएका हुन् ।एमालेका २९, माओवादीका १०, जसपाका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र १ गरी ४४ सांसदले महरालाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दावी पेश गरेका थिए । त्यसको केही समय पछि नागरिक उन्मुक्ति पार्टीका ४ जनाले पनि महरालाई समर्थन रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए ।लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले दलहरूको दावीलाई सदर गर्दै शुक्रबार नै महरालाई मुख्यमन्त्री नियुक्ति गरेका हुन् । तर शपथ भने आइतबार मात्रै गरिने भएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले महरालाई मुख्यमन्त्री नियुक्ति गरेको जनाएका छन् ।

यस्तो छ, नवनियुक्त मुख्यमन्त्रीको छोटो जिवनी :

बुवाको नाम – खलबहादुर महरा दिवंगत
आमाको नाम – रमिता महरा

जन्ममिति – २०२० कार्तिक १ गते
ठेगाना – जन्म स्थान साविक गजुल –२ रोल्पा, सुनिलस्मृति–५ गजुल काट्ने रोल्पा
पारिवारिक स्थिति – श्रीमती, छोराहरु ४ भाई
शिक्षा– स्नातक तह ः राजनितिशात्र÷अर्थशात्र,महेन्द्र बहुमुखि क्याम्पस दाङ

अनुभवः–

विस २०३७ साल देखि २०३९ सम्म प्रावि शिक्षक,विस २०४४ देखि २०५० साल सम्म मावि शिक्षक
२०३५ र ३६ सालको विधार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा प्रवेश ।
२०४२ सालमा अनेरास्ववियुको दाङको सचिव
२०४२ सालमा नेकपा मशालको पार्टी सदस्य
२०४३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य
२०४७ सालमा नेकपा मशालको रोल्पा जिल्ला समिति सदस्य
२०५० साल देखि पार्टीमा पूर्ण कालिन कार्यकर्ता
२०५१ सालमा नेकपा माओवादीको रोल्पा जिल्ला सेक्रेटरी
२०५४ सालमा नेकपा माओवादी को क्षेत्रीय व्यूरो सदस्य ।
२०५६ देखि २०६० साल सम्म नेकपा माओवादीको अन्र्तराष्ट्रिय विभागको जिम्मेवारी ।
२०६० सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य ।
२०६४ सालमा नेकपा माओवादीको तर्फ बाट संविधान सभा सदस्य ।
२०७४ सालमा प्रधानमन्त्री प्रचण्डको प्रमुख स्वकीय सचिव।
२०६२ देखि २०६५ साल सम्म पार्टी अध्यक्ष प्रचण्डको प्रमुख स्वकीय सचिव।
२०७२ देखि २०७८ सम्म अध्यक्ष प्रचण्डको प्रमुख स्वकीय सचिव ।
हाल नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य ।
२०७९ लुम्बिनी प्रदेश सभा सदस्य पदमा निर्बाचित ।
नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा चयन।
२०७९ मा लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्री ।

प्रकाशित : २३ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६