अर्थ-वाणिज्य

भीम रावलले २ करोडभन्दा बढी पार्टीको खर्च बढाइदिएको ओलीको तर्क




पोखरा, २३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वउपाध्यक्ष भीम रावलले २ करोडभन्दा बढी पार्टीको खर्च बढाइदिएको बताउनु भएको छ । एमाले कास्कीले आज पोखरामा आयोजना गरेको नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।पछिल्लो समय एमालेमा अनुशासनभन्दा अराजकता हावी हुन थालेको र नेतादेखि कार्यकर्तासम्मले लोकतन्त्रकै गलत अभ्याश गर्न थालेको भन्दै ओलीले पूर्वउपाध्यक्ष भीम रावलको नामै नलिई महाधिवेशनको चर्चा निकाल्नु भएको हो । चितवनको सौरहामा सम्पन्न एमालेको महाधिवेशनमा नेता रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्नुभएको थियो ।
सहमतिका साथ नेतृत्व चयनका लागि अन्तिमसम्म प्रयाश गर्नुभएका ओलीले आफूसँग चुनावी प्रतिस्पर्धा गरेरै छाडने अडान रावलले लिएपछि बरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव सर्वसम्मत घोषणा गरेर आफै प्रतिस्पर्धा गर्नुभएको थियो ।प्रतिस्पर्धामा रावलले १० प्रतिशत मत पनि प्राप्त गर्न नसकी अध्यक्ष ओलीसँग भारी मतले पराजीत हुनुभएको हो । सोही निर्वाचनको प्रसंग खोल्दै अध्यक्ष ओलीले रावलको नाम नलिई एक जनाको लफडाले पार्टीको २ करोडभन्दा बढी रकम सत्यानास गरिदिएको बताउनु भयो ।
‘तपाई–हामीले देखेनौं र महाधिवेशनमा ? कुनै समस्या थिएन महाधिवेशनमा । एक जना मान्छेले लफडा गरेर पार्टीको कमसे कम २ करोड भन्दा बढी खर्च भयो, खर्च बढ्यो । दुई दिनभन्दा बढी अनिदो प्रतिनिधिहरु बस्नुपर्यो । प्रतिनिधिबाहेक काममा खटिएका मानिसहरु बस्नु पर्यो । थप दुई दिन अनिदो बनेर खटनु पर्यो,’ अध्यक्ष ओलीको भनाई थियो ।
उहाँले अहिले पार्टीका नेता–कार्यकर्ताहरुमा आफूलाई नै चाहिने रोग हावी भएको भन्दै सुध्रन सचेत पनि गराउनु भएको छ । ‘अहिले तपाई बस्नोस, तपाईले छोडदिनुस न त भन्यो भने शत्रु पो हुन्छ । ए मलाई छोड भन्ने रु बस पो भन्ने मलाई रु भन्ने मानसिकता हावी भइरहेको छ । यो बिल्कुलै गलत हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

एमाले अध्यक्ष ओलीले पार्टीभित्र लोकतन्त्रको बुझाइमा समेत समस्या देखिएको भन्दै सच्चिनुपर्ने बताउनु भयो । ‘हामीले जुन डेमोक्रेसी ९लोकतन्त्र० को अभ्याश गरिराखेका छौं, त्यस्को गलत परिभाषा, गलत ब्याख्या र गलत प्रयोग पनि भइराखेको छ,’ अध्यक्ष ओलीले थप्नुभयो, ‘यस्तो बुझाइलाई सच्याउनु पर्छ । जिम्मेवार नेताहरुले पार्टीको एकतालाई ध्यानमा राख्ने, काममा ध्यान दिनुपर्छ । गलत परिभाषा, गलत बुझाइ र गलत अभ्याशलाई सच्याउनु पर्छ ।’
अध्यक्ष ओलीले नेकपा एमालेका नेतादेखि कार्यकर्तासम्म सवैलाई बिहान जाँदा एउटा बेलुका फर्कदा हान्ने राँगा जस्तो बन्ने रोग लाग्न नहुने पनि बताउनु भयो ।‘बिहान जाँदा ठीकै जान्छ, बेलुका फर्कदा त चिन्नै गाह्रो पर्ने । खुब हाइफाइ देखिन्छ हात दुईतिर फालेर सारीरिक हाउभाउ प्रदर्शन गर्दै आउँछ । मान्छे आको हो कि हान्ने राँगा–गोरु आएको हो रु पत्तो पाउनै सकिदैन । यो खालको रोग लाग्नु हुँदैन नेकपा एमालेका नेता कार्यकर्तालाई,’ अध्यक्ष ओलीले भन्नुभयो ।

प्रकाशित : २३ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६