अर्थ-वाणिज्य

आमसंचार ब्यवस्थित गर्ने संघिय कानुन छिटटै ल्याउछौं : संचारमन्त्री शर्मा



पाल्पा २४ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्न छिट्टै नयाँ कानुन बन्ने बताएकी छन् । उनले संविधान बनेको लामो समयसम्म आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने संघीय कानुन नबन्दा केही अन्योल पनि देखिएकाले कानुन बनाउने गृहकार्यमा सरकार रहेको बताएकी हुन् ।पाल्पाको सामुदायिक रेडियो मदनपोखराको २५ औं वार्षिकोत्सव तथा रजत जयन्ती समारोहलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले आमसञ्चार क्षेत्रको नियमनको पाटोलाई संघीय सरकारको दायित्वभित्र राखेको भन्दै प्रवर्द्धनको सवालमा तीनै तहका सरकारको अधिकार सूचीमा राखेको बताइन् ।
मन्त्री शर्माले कानुनहरु पारित भएपछि संघीयताको मर्मअनुरुप आमसञ्चार क्षेत्रको पुनःसंरचना हुने सरकारको विश्वास रहेको समेत बताइन् ।फरक प्रसंगमा मन्त्री शर्माले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको क्षेत्रमा महत्वपूर्ण सुरुआत गरे पनि चाहे जस्तो काम गर्न नसकेपछि राजनीतिक समीकरण परिवर्तन गर्नु परेको बताइन् । उनले जनताको पक्षमा काम हुन नसकेको अनुभूति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेर राजनीतिक समीकरण परिवर्तन गरेरै भए पनि सरकारलाई गति दिने नयाँ अध्यायको थालनी गरेको बताइन् ।आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा धेरैभन्दा धेरै जनमुखी कार्यक्रम समेट्ने सरकारको तयारी रहेको उनले सुनाइन् ।
कार्यक्रममा संघीय सांसद ठाकुर गैरे, नारायण आचार्य, प्रदेशसभा सदस्य खेम सारु, तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेलगायतले सामुदायिक रेडियो स्थापना र यसले ग्रामीण भेगमा पु¥याएको सञ्चार चेतनाका विषयमा बोलेका थिए ।

प्रकाशित : २४ चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६