अर्थ-वाणिज्य

कारागारका एकल स्वास्थ्यकर्मी सरुवा पछि दिर्घरोगी र जेष्ठ कैदीबन्दी अलपत्र




तौलिहवा २४ चैत ।कारागार कार्यालय कपिलवस्तुमा स्वास्थयकर्मी नहुँदा कैदी बन्दीहरुलाई स्वास्थ्य परीक्षण गराउन समस्या भएको छ । कारागारमा विगत चार महिनादेखि दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सानो समस्याका लागि पनि कपिलवस्तु अस्पताल धाउनुपर्ने बाध्यता भएको हो ।कपिलवस्तु कारागारमा कैदीबन्दीहरूको स्वास्थ्य परिक्षण गर्नका लागि नेपाल सरकारको एक जना सि.अ.हे.व को दरबन्दी छ । कारागारमा रहेको अ.हे.व लक्ष्मण न्यौपाने सरुवा भएर जाजरकोट गएपछि कारागार स्वास्थ्यकर्मीविहीन बनेको हो ।कारागारमा हाल नियमित औषधी सेवन गर्ने सुगर, प्रेसर, मुटुरोग र दीर्घरोगी गरी १२ जना कैदीबन्दी छन् ।

साथै कारागारमा ६० वर्ष उमेरमाथिका २६ जना कैदीबन्दी छन् । बढ्दो उमेरसँगै स्वास्थ्यमा समस्या देखिने हुँदा स्वास्थ्य परिक्षणका लागि स्वास्थ्यकर्मी नहुँदा उमेर पुगेका कैदीबन्दी तथा दीर्घ रोगी कैदीहरुलाई समस्या पर्ने गरेको छ । सामान्य स्वास्थ्य समस्याको बेलैमा उपचार गर्न नसक्दा बिस्तारै रोग जटिल बन्दै जाने र सोही रोगको उपचारका लागि ठुलो रकम खर्च हुन सक्ने अवस्था आउन सक्ने हुन्छ ।
अधिकार कर्मी रवीन्द्रनाथ ठाकुरका अनुसार रिक्त रहेको अ.हे.व को दरबन्दी तत्काल सरकारले पूर्ति गरिनुपर्ने बताउनुभयो । कैदीबन्दी बिरामी हुँदा उपचार पाउने अधिकारबाट वञ्चित गर्न नहुने उहाँको भनाइ छ ।कारागार कार्यालय कपिलवस्तुका जेलर रेमलाल न्यौपानेका अनुसार कारागारमा सिनियर अ.हे.वको दरबन्दी रहे तपनि अहिले सो पदमा स्वास्थ्यकर्मी नहुँदा रिक्त रहेको बताउनुभयो । कारागारमा स्वास्थ्यकर्मी अभावका कारण सामन्य औषधी सिटामोल, मेट्रोन, जीवनजललगायतका औषधीका लागि पनि कैदीबन्दीलाई कपिलवस्तु अस्पताल धाउनुपर्ने अवस्था छ । कपिलवस्तु कारागारमा हाल ५ सय १० कैदीबन्दी छन् ।

प्रकाशित : २४ चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६