अर्थ-वाणिज्य

एमाले नवलपुरको अधिवेशन सोमबार हुने : अध्यक्ष ओलीद्धारा समुद्घाटन




नवलपुर २४ चैत । नेकपा एमाले नवलपुरको नवौं जिल्ला अधिवेशन चैत २६ र २७ गते कावासोतीमा हुने भएको छ । एमालेले शुक्रबार पत्रकार सम्मेलन गरेर अधिवेशनबारे जानकारी दिएको हो ।अधिवेशन तयारी तीव्ररुपमा भइरहेको र चैत २६ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने एमाले नवौं जिल्ला अधिवेशन मूल आयोजक समितिका अध्यक्ष मुक्तिराम पाण्डेले बताए ।
जिल्ला अधिवेशन नजिकिँदै जाँदा नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ । जिल्ला अध्यक्ष र पदाधिकारी सर्वसम्मत गरेर सदस्यहरुमा मात्र चुनाव गराउने तयारीमा नेतृत्व छ । प्रदेशमा देखिएको खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङको समूह जिल्लामा पनि सक्रिय रहेकाले सर्वसम्मत हुने सम्भावना कम रहेको पार्टी कार्यकर्ता बताउँछन् । संचारकर्मीको जिज्ञासामा वर्तमान जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले एक पटक फेरि पार्टीको नेतृत्व गर्ने इच्छा भएको प्रतिक्रिया दिएका थिए ।

अधिवेशनका लागि ९२ वटा वडा , ८ पालिका तथा विभिन्न पेसागत र जातीय मुक्ति समाजबाट गरेर ७ सय ५१ जना प्रतिनिधि छनोट भएका छन् । जसमा १० प्रतिशत युवा र ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित हुने जनाइएको छ । अधिवेशनले १ सय ५ सदस्सीय नयाँ समिति चयन गर्नेछ ।

प्रकाशित : २४ चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६