अर्थ-वाणिज्य

अनुदान किसानसंग सोझै पुग्न सकेमा समृद्धीको जग मजवुत हुन्छ :सांसद न्यौपाने




भगवती न्यौपाने
सरकारी अनुदान किसानसंग सोझै पुग्न सकेमा समृद्धीको जग मजवुत हुने प्रदेश सांसद गिरधारी न्यौपानेले वताउनु भएको छ । उहाले किसानका समस्याहरुलाई राष्ट्ले सम्बोधन गर्दै अगाडी बढेको बताउनु भएको छ । बाणगंगा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका वडा नम्बर ८ कपिलवस्तुको २२ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशनको कार्यक्रमलाई सम्बोद्धन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको दूध र बजार सहज रुपमा व्यवस्थापन मिलाउन सके मात्रै देशको अर्थतन्त्र बलियो हुने उहाँले बताउनु भयो ।
आज देशमा प्रशस्त दूध हुर्दा हुर्दै पनि ठुला ठुला होटेलमा प्रयोग हुने दुध घिउ बाहिरको प्रयोग हुनु राष्ट्का लागि दुखको कुरा रहेको बताउनु भयो । साथै उहाँले सरकारले पशुमा लाग्ने विभिन्न रोगहरुलाई पूर्ण रुपमा र्निमुल पार्न सकेमा बाहिर बाट आउने दुध रोक्न सकिने धारणा राख्नु भयो ।प्रदेश सभासद न्यौपानेले पछिलो समय केहि बदनामी सहकारीहरुले गर्दा पनि राम्रा सहकारीमा समेत यसको असर पर्न सक्ने हुनाले यसमा सबैले जोड दिनु पर्ने बताउनु भयो ।वाणगंगा नगरपालिकाका पशु शाखा प्रमुख राजकुमार तिवारिले बाणगंगा दुग्ध उत्पादक सहकारी संस्थाले किसानलाई गरेको सकरात्म कामको प्रशंसा गर्नुभयो । साथै उहाँले किसानको समस्या एउटा संस्थाको मात्रै समस्या नभएर राष्ट्कै समस्या रहेको बताउदै किसानका समस्यालाई राष्ट्ले सम्बोधन गर्नु पर्ने बताउनु भयो । हरेक संस्थाले उत्पादन सँगै विक्रि वितरणमा पनि जोड दिनु पर्ने उहाँको भनाई छ । साथै पशु शाखा प्रमुख तिवारीले नगरले किसान र कृषिको क्षेत्रमा धेरै राम्रा राम्रा काम गरेको बताउनु भयो । यता उहाँले भैसिमा लाग्ने रोग र उपचारको बारेमा समेत बताउनु भएको थियो ।
अध्यक्षको भनाई राख्दै संस्थाका अध्यक्ष राधेश्याम न्यौपानेले सहकारीको मर्म र भावनालाई आत्मसात गर्दै संस्था अगाडि बढेको बताउदै सेयर धनिको मुख्य पेसा पशुपालन रहेको बताउनु भयो । साथै उहाँले २०८०र८१का निति तया कार्यक्रमहरुको बारेमा बताउनु भएको थियो । उक्त कार्यक्रममा सचिव द्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन सुर्य प्रसाद भण्डारीले प्रस्तुत गर्नु भएको थियो । भने व्यवस्थापकको प्रतिवेदन केशव कुँवर ,लेखा समितिको प्रतिवेदन लेखा संयोजक बलराम पाण्डे र कोषाध्यक्षको प्रतिवेदन श्रीराम बेल्वासेले प्रस्तुत गर्नु भएको थियो । संस्थाले विभिन्न विदामा सम्मान समेत गरेको छ । वाणगंगा माविका प्राचार्य कुलराज पौडेल,संस्थाका सल्लाहकार हुमनाथ पौडेल लगायतले बोल्दै किसानको हकहितका लागि स्थापना भएको संस्थाले किसानको क्षेत्रमा काम गरेको बताउनु भयो । साथै दुग्ध सहकारी संस्था किसानका घरदैलो सम्म पुगेको संस्था भएको बताउदै किसानका आवाजलाई सधैं प्राथमिकता दिनु पर्नेमा जोड दिनुभयो । र अनुदान पाउँदा बास्तिक किसानले पाउनु पर्ने उहाँहरुको भनाई थियो ।
कार्यक्रममा वडा नम्बर ८का वडा अध्यक्ष वावुराम अर्याल, वडा सदस्यहरु सैलेन्द्र बेल्वासे, जुनादेवि थारु, सहकारी विज्ञ गुणानिधि भुसाल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि,बुद्धिजिवि, सल्लाकारहरु किसान सेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।
राधेश्याम न्यौपानेको अध्यक्षता ,संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद पौडेलको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सुर्य प्रसाद भण्डारीले गर्नु भएको थियो । संस्थाले विभिन्न विदामा सम्मान समेत गरेको छ ।

प्रकाशित : २४ चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६