अर्थ-वाणिज्य

चुनढुङ्गा उत्खननको विषयलाई लिएर विवाद बढ्दै




अर्घाखाँची २४ चैत ।भूमिकास्थानमा चुनढुंगा उत्खननको विषयलाई लिएर विवाद बढ्दै गएको छ । नगरपालिकाबाट गरिएको सिफारिस किर्ते भएकोबारेमा मेयर झविलाल थापाले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा उजुरी दिनुभएको थियो । तर उजुरी दिँदा आफुलाई थाहै नदिएको, आफ्ना मान्छेलाई जोगाउन खाजेको, मेयरले एकलौटी गरेको भन्दै उपमेयर बालकृष्ण बन्जाडेसहित भूमिकास्थान नगर कार्यपालिकाका बहुमत सदस्यले विरोध गरेका छन् ।किर्ते भनिएको सिफारिस दिएका व्यक्तिको नामै तोकेर विजया सिमेन्टले खानी तथा भूगर्भ विभागमा पत्र पठाउँदा पनि ती व्यक्तिलाई बचाउन मेयर लागि परेको आरोपसहित उपमेयरसहितका सदस्यले असन्तुष्टी जनाएका छन् ।

भूमिकास्थान नगरपालिका वडा नम्बर–९, ढिकुराको सान्डेभामा रहेको चुनढुङ्गा उत्खनन्को विषयमा जालझेल भएको र आफूहरु यसको विरोधमा रहेको वडा नम्वर–५ का वडा अध्यक्ष जयगोपाल श्रेष्ठले बताउनुभयो ।कपिलवस्तुको कृष्णनगरमा रहेको विजया सिमेन्ट्सले २०८० फागुन १४ गते खानी तथा भूगर्भ विभागबाट चुनढुंगा उत्खनन्को अनुमति–पत्र पाएको थियो । नगरपालिकाको कार्यालयले गएको मङ्सिर ५ गते खानी तथा भूगर्भ विभागलाई आशय पत्र पठाएको देखिन्छ ।मङ्सिर ५ गते नगरपालिकाको लेटरप्याडमा मेयर थापाको हस्ताक्षरसहितको पत्र विभागमा पुगेको थियो । तर पत्र नगरपालिकाबाट नलेखिएको मेयर थापाको दावी छ । नगरपालिकाको लेटरप्याड, छाप र हस्ताक्षर चोरी गरेर चुनढुङ्गाको उत्खनन् अनुमती लिइएको उहाँको भनाई छ ।चुनढुंगा विवादले नगरपालिकाको कार्यपालिकाको बैठक पनि बस्न सकेको छैन । खानेपानीको मुहान रहेको क्षेत्रमा पर्ने चुनढुंगा खानी उत्खनन्मा नगरपालिकाको लेटरप्याड चोरी गरेर किर्ते सिफारिस बनाउनेलाई कारबाही नभएसम्म कार्यपालिकाको बैठक बस्न नसक्ने वडा नम्वर–७ का वडाअध्यक्ष रामचन्द्र ढुंगानाले बताउनुभयो ।

प्रकाशित : २४ चैत्र २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६