अर्थ-वाणिज्य

वकिल पत्रकार र ठेकेदार समेतका कस्ता छन् इलामका उम्मेदवार ?




विराटनगर २६ चैत । वैशाख १५ मा हुने उपनिर्वाचनका इलाम २ मा २० जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन कार्यालय इलामका अनुसार १२ जनाले दलका तर्फबाट र ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।उम्मेदवारी दिएका मध्ये सबैभन्दा कान्छा अर्जुन शाही छन् । उनी २५ वर्षका छन् । स्वतन्त्र रूपमा उम्मेदवार बनेका योगेन्द्र गुरुङ २९ वर्षका छन् । रास्वपाका उम्मेदवार मिलन लिम्बू ३१ वर्ष पुगेका छन् । पत्रकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका लिम्बूलाई राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले उम्मेदवार बनाएको हो ।
एमाले- नेकपा माओवादी केन्द्र र विप्लव नेकपाका साझा उम्मेदवार सुहाङ नेम्वाङ ३३ वर्षका छन् । अर्का स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईँको पनि उमेर ३३ नै छ । मनोनयन दर्ता गराएकामध्ये नेसनल रिपब्लिक नेपाल दलका धनराज रानामगर ३६ वर्षका छन् ।नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी र स्वतन्त्र उम्मेदवार दीपेश बोहरा ३७ वर्षका छन् । स्वतन्त्र उम्मेदवार राज बस्याल ४० वर्ष पुगेका छन् । यस्तै जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ ४४ वर्ष पुगेका छन् । राप्रपाका लक्ष्मी गुरुङ ४५ वर्ष र नेकपा (एस) का जीतबहादुर राई ४६ वर्षका छन् ।नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ४८ वर्षका पुगेका छन् । उनी अघिल्लो निर्वाचनमा सुवासचन्द्र नेम्वाङ्गसँग पराजित भएका थिए । यस्तै स्वतन्त्र रूपमा उम्मेदवार भएका मनोज निरौला ४९ वर्षका छन् ।
मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू ५३, नेपाली जनता दलका रेशमबहादुर सुनुवार ५४, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम ५६ र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त सिंह ६४ वर्ष पुगेका छन् । पहिचान पक्षधरका उम्मेदवार डकेन्द्रसिंह थेगिम २० जनामध्येकै जेठा ६८ वर्षका छन् ।यहाँ डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, केशवकुमार चापागाईँ, दीपेश बोहरा, योगेन्द्र गुरुङ र राज बस्यालले स्वतन्त्र उम्मेदवारी दिएका छन्
बाम गठबन्धनबाट उम्मेदवार बनेका सुहाङ नेम्वाङ कानून व्यवसायी हुन् । एमाले केन्द्रीय कानून विभागका सदस्य सुहाङ दिवंगत नेता सुवास नेम्वाङका कान्छा छोरा हुन् । उनी इलामको फुटबल क्षेत्रको विकासमा यसअघि देखि नै सक्रिय थिए ।भदौ २६ मा सुवासचन्द्रको निधन भएपछि बुवाले चुनाव जितेको क्षेत्रमा सुहाङ उम्मेदवार बन्ने चर्चा सुरू भइसकेको थियो । बुवाको १३औँ दिनको पुण्य तिथिमा इलाम बजारमा आयोजित शोक सभामा सुहाङले भनेका थिए– ‘म बुबाको सपना पूरा गर्छु ।’युवाहरूमाझ लोकप्रिय सुहाङ राजनीतिमा युवाहरूको आकर्षण बढाउन राजनीतिमा होमिएको बताउँछन् ।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट उम्मेदवार भएका मिलन लिम्बू पत्रकार हुन् । उनी आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको महासचिव थिए ।
माओवादीनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टरका सचिवसमेत रहेका मिलन इलाम माङ्सेवुङ्गका स्थायी बासिन्दा हुन् । उनले उपनिर्वाचनको मिति घोषणा भएसँगै स्वतन्त्र रूपमा उम्मेदवार बन्ने घोषणा गरेका थिए । रास्वपाबाट उम्मेदवार बन्न ६ जनाले निवेदन दिएकोमा उनले बाजी मारे । लिम्बूले केही साताअघि माओवादी त्याग्दै स्वतन्त्र रहेको घोषणा गरेका थिए ।

पार्टीको जिल्ला सभापतिसमेत रहेका डम्बरबहादुर खड्कालाई कांग्रेसले पुन ?अघि सारेको छ । गत मंसिरमा उनी एमालेका सुवासचन्द्र नेम्वाङसँग झिनो मतले हारेका थिए । उनी ठेकेदारसमेत हुन् ।नेकपा ९एकीकृत समाजवादी० ले जिल्ला सचिवालय सदस्य जीतबहादुर राईलाई मैदानमा उतारेको छ । राई इलामकै माइजोगमाई गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट पालिका अध्यक्ष जितेका राई ७९ सालमा एसमा आएर गठबन्धनबाट उठेका थिए । उनी एमालेका कुशबहादुर थेबेसँगै पराजित भए । विद्यार्थी राजनीतिबाटै सक्रिय राईले राष्ट्रिय युवा संघमा पनि लामो समय काम गरेका छन् ।
पहिचानवादीबाट उम्मेदवार बनेका डाकेन्द्रसिंह थेगिम प्रदेश नम्बर १ पुन नामकरण संयुक्त संघर्ष समितिका अगुवा हुन् । पूर्वशिक्षक थेगिमले केही महिनाअघि एमालेको सदस्यता त्यागेका थिए । कोशी नामकरणपछि उनी पहिचानको आन्दोलनमा होमिएका थिए ।किराँत धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष समेत रहेका थेगिम किराँत धर्मगुरु आत्मनन्द लिङ्देनका निकट सहयोगी मानिन्छन् । उनलाई धरानका मेयर हर्क साम्पाङले पनि समर्थन जनाएका छन् ।अहिले यो क्षेत्रमा आफूबाहेक अरू स्वतन्त्र उम्मेदवार नभएको थेगिमको जिकिर छ ।राप्रपाले उठाएका लक्ष्मी गुरुङ २०५६ सालदेखि राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघमा आबद्ध छन् ।

प्रकाशित : २६ चैत्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६