अर्थ-वाणिज्य

प्रदेश योजना आयोगको उपाध्यक्ष रिक्त को बन्ला अव ?




दाङ २७चैत । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा। नहकुल केसीले पदबाट राजीनामा दिएका छन् । सरकार परिवर्तन भएसंगै उपाध्यक्ष डा।केसी आयोगबाट बाहिरिएका हुन् ।उनले मुख्यमन्त्री जोखबहादुर महरालाई सोमबार राजीनामा(पत्र बुझाएका छन् । मुख्यमन्त्री अध्यक्ष रहने आयोगको उपाध्यक्षमा डा। केसीलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षतामा बसेको २०८० वैशाख २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो ।याृजना आयोृगको उपाध्यक्ष रिक्त भएसंगै अव को वन्ला भन्ने चर्चा चलेको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–६ का स्थानीय बासिन्दा समेत रहेका केसी ग्रामीण तथा स्थानीय विकासमा विद्यावारिधि गरेका छन् । उनीसंगै आयोगका सदस्यहरु डा। सुरजकुमार वली, सरोज खनाल र गिता केसीले पनि राजीनामा दिएका छन् ।डा। केसीले करिब एक बर्षको अवधिमा सातै प्रदेशका योजना आयोगहरुको राष्ट्रिय भेला मार्फत प्रदेशमा रहेका योजना सम्बन्धी राष्ट्रिय, प्रदेश तथा स्थानीयतहका योजनाको अन्तरसम्बन्धमा लुम्बनी घोषण(पत्र, लुम्बिनी प्रदेशको वार्षिक योजना तर्जुना र लुम्बिनीको दिगो कृषि विकास रणनीति तयार गरेको बताए ।
त्यस्तै दोस्रो आवधिक योजना आधार(पत्र तयार गरी आयोगको बैठकबाट स्वीकृत गरेको, आयोगमा तथ्यांकीय प्रणालीको शुरुवात, योजना बैंक निर्माणको आधारपत्र तयार गरिएको र मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमको कार्यविधी र कार्यक्रम दस्तावेज तयार गरिएको उनले बताए ।लुम्बिनी प्रदेशका विकास साझेदार निकायसंग छलफल, प्रदेशको स्रोत र प्रादेशिक सम्भावना तथा रणनीति तयार लगायतका महत्वपूर्ण काम आयोगले गरेको उनले बताए ।

प्रकाशित : २७ चैत्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६