खोज–अनुसन्धान

यातायात मजदूर भलाई कोषले स्वर्ण महोत्सव मनाउदै




बुटवल, २७ चैत ।यातायात मजदुरहरुको संरक्षण र हितका लागि स्थापना भएको यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ ।सार्वजनिक सवारी साधनका चालकहरु मिलेर २०३१ सालमा स्थापना गरेको यातायात मजदुर तथा ब्यवसायी भलाई कोषले ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण महोत्सव मनाउन लागेको हो ।कोषले नयाँवर्ष २०८१ को प्रारम्भसंगै बैशाख १ देखि ३ गतेसम्म स्वर्ण महोत्सव मनाउने तयारी गरेको मंगलबार आयोजित पत्रकार सम्मलेनमा कोषका अध्यक्ष दिनेश फुल्लेलले बताए ।
कोषमा राजेन्द्रबहादुर सिंह श्रेष्ठ, यम केसी, दामोदर ज्ञवाली, विजय प्रसाद लाकौल। डिलबहादुर थापा, कुमार थापा, चिनबहादुर गुरुङ, नारायणप्रसाद भट्टराई हुँदै पछिल्लो समय दिनेश फुल्लेलले नेतृत्व गरेका छन् ।कोषका अध्यक्ष फुल्लेलका अनुसार सुदूरपश्चिम बाहेकका ६ प्रदेशका २६ स्थानमा शाखा स्थापना गरी मजदुरका समस्याबारे सहजीकरण गरिएको छ । हाल कोषमा ३ हजार हाराहारी यातायात मजदुरहरु आवद्ध छन् ।तीन दिनसम्म मनाइने स्वर्ण महोत्सवको अवसरमा संस्थाले रक्तदान, चालक परिचालक र सहचालकहरुको स्वास्थ्य चेकजांचसहितका विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्ने अध्यक्ष फुल्लेलले बताए ।

भलाई कोषको स्वर्ण महोत्सवकै अवसर पारेर ५ लाख रुपैयांको गरीव तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति अक्षयकोष स्थापना गर्न लागेको अध्यक्ष फुल्लेलले बताए । भलाई कोषले हालसम्म भए गरेका काम, संस्थाको इतिहास र दुर्घटना न्युनीकरणसम्बन्धी विषयलाई समेटेर प्रकाशन गरिने स्मारिका विमोचन गरिने फुल्लेलले जानकारी दिए । त्यस्तै स्वर्ण महोत्सवकै अवसरमा स्वर्ण स्तम्भ अनावरण गर्ने कार्यक्रम समेत रहेको कोषका महासचिव योग गुरुङले बताए ।यातायात मजदूर तथा व्यवसायी भलाई कोषले दुर्घटना न्युनीकरणका लागि बिगतदेखि नै सचेतना जगाउँंदै आएको छ भने दुर्घटनामा परेर ज्यान गुमाएका यातायात मजदुरका परिवारमा राहत, घाइतेहरुको भरण पोषणका लागि मासिक भत्ता तथा दुर्घटनामा परेर हिरासतमा बसेका चालकहरुको परिवारका लागि जिवन यापन गर्न राहत रकम समेत उपलब्ध गराउने गर्दै आएको छ ।

प्रकाशित : २७ चैत्र २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६