अन्तर्राष्ट्रिय

मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासतको समय थपियो




नयाँदिल्ली १ २ बैशाख। भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत बढेको छ । दिल्ली मदिरा नीतिमा भएको अनियमितताको आरोपमा हिरासतमा रहेका केजरीवलको न्यायिक हिरासत मे ७ सम्म बढाइएको छ । दिल्लीको राउज एभिन्यू अदालतले केजरीवालको न्यायिक हिरासत मे ७ सम्म बढाएको हो ।
यस अघि अदालतले केजरीवालको न्यायिक हिरासत अप्रिल २३ सम्म बढाएको थियो । उनलाई गत मार्च २२ मा ट्रायल कोर्टले छ दिनको हिरासतमा पठाएको थियो । त्यसपछि उनको हिरासतको समय थपिदै आएको छ ।

प्रकाशित : १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६