ब्रेकिंग न्युज

मृगको मासु र हतियार चारजना पक्राउ




कपिलवस्तु २४ बैशाख । कपिलवस्तुको बाणगंगाबाट विभिन्न हातहतियार र जङ्गली जनावर मृग जस्तो देखिने जनावरको मासु सहित चार जना पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय पिपरा बाट खटिएको प्रहरी टोलिले विशेष सुचनाको आधारमा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डि.एस.पि. हरि बहादुर ओलीले जनहित अनलाइन सङ्ग बताउनुभयो ।पक्राउ पर्नेहरूमा बाणगंगा नगरपालिका १ जितपुर बस्ने ७३ वर्षीय धन बहादुर सेन, बाणगंगाकै बुङची बस्ने असिम खाण, बाणगंगा नगरपालिका–२ का ४१ वर्षीय दुर्गा बहादुर शाही र रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ मिलनचोक बस्ने ५४ वर्षीय चित्र मल्ल रहेका इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल जङ्ग रायमाझीले जनहित सङ्ग बताउनुभयो ।
बुङ्चीमा अवस्थित असिम खाणको घर बाट करिब ३० किलो उक्त जनावरको मासु सहित आइतबार राति पक्राउ गरिएको हो । मासु काटि भाग लगाउँदै गरेको अवस्थामा उनीहरुको साथ बाट बा.१३ च ८१८४ नम्बरको कार, लु.५१ प ५२६१ नम्बरको मोटरसाइकल र १६ राउण्ड टोटा समेत प्रहरीले बरामद गरेको छ । त्यस्तै थप अनुसन्धानको क्रममा धन बहादुर सेनको घर तलासी गर्दा कोठाभित्र लुकाइछिपाई राखेको बाह्र बोर एकनाले बन्दुक २ थान, बाह्र बोर दुई नाले बन्दुक १ थान, दुवै बन्दुकमा लाग्ने टोटा २० थान, २२ हर्नेट लेखेको गोली ३ थान, म्याग्नममा लाग्ने गोली ३ थान समेत प्रहरीले बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरी र वन कार्यालयले थप अनुसन्धान गरिरहेको पिपरा प्रहरी प्रमुख रायमाझीले बताउनुभाये ।

प्रकाशित : २४ बैशाख २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६