ब्रेकिंग न्युज

लुम्बिनी प्रादेशिक अस्पताल निर्माणाधिन भवन बारे बुझ्न पूर्व मुख्यमन्त्री निरीक्षणमा



बुटवल, २८ वैशाख । लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माणाधिन नयाँ भवनको प्रगति बारे बुझ्न लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले शुक्रबार स्थलगत निरीक्षण गरेका छन् । भनवन निर्माणको काममा हालसम्म भएका प्रगति र अवस्था बारे जानकारी लिन स्थलगत निरीक्षणमा पुगेका गिरीले कामलाई थप तिब्रता दिएर समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।

सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरणका लागि आफूहरु तयार रहेको बताउँदै उनले प्रदेशको गौरवको अयोजनाका रुपमा रहेको योजनलाई समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुदर्शन थापाले निर्माण स्थलमा भएका प्रगती तथा अस्पालको स्वास्थ्य सेवा बारे जानकारी गराएका थिए । स्वास्थ्य सेवालाई असर नपर्ने गरी आवश्यक तारबार तथा ध्वनी र वायु प्रदुषण कमभन्दा कम हुनेगरी काम गर्न निर्माण कम्पनीलाई आग्रह गरिएको बताए ।

प्रकाशित : २८ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६