ब्रेकिंग न्युज

चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन



वीरगञ्ज (पर्सा), ९ भदौ

सरकारले गठन गरेको वीरगञ्जस्थित चिनी मिल कारखाना अध्ययन कार्यदलले चिनी मिल क्षेत्रको स्थलगत अध्ययन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजन इञ्जिनियर (सिडिई) श्रीकान्त यादवको संयोजकत्वको कार्यदलले पिपरास्थित मिलको स्थलगत अनुगमन गरेको थियो । त्यस अवसरमा कारखाना भवनसहितका भौतिक संरचना, मेसिनरी तथा पार्टपुर्जाको वर्तमान अवस्था र उपयोगको सम्भावनाबारे अध्ययन गरेको कार्यदलका संयोजक यादवले बताउनुभयो । सरकारले यही भदौ १ गते उक्त कारखाना पुनःसञ्चालनको सम्भाव्यता अध्ययन गर्न यादवको संयोजकत्वमा आपूर्ति मन्त्रालयका शाखा अधिकृत ज्योति पौडेल र मन्त्रालयका सल्लाहकार श्याम शर्मा सदस्य रहेको कार्यदल गठन गरेको थियो । कार्यदलले १५ दिनभित्र कारखानाको वर्तमान अवस्था अध्ययन गरी पुनःसञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गरी सरकारलाई सुझावसहितको प्रतिवेदन दिनेछ ।

प्रकाशित : ९ भाद्र २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६