अन्तर्राष्ट्रिय

धम्की नदिन चीनलाई ताइवानका नयाँ राष्ट्रपतिको चेतावनी



जेठ ७, एजेन्सी ।

ताइवानमा नवनिर्वाचित राष्ट्रपति विलियम लाईले आफ्नो कार्यभार सम्हाल्नुभएको छ । गएको जनवरी महिनाको दोस्रो हप्ता राष्ट्रपति पदमा निर्वाचित लाईले आज कार्यभार सम्हाल्नुभएको बीबीसीले जनाएको छ ।

कार्यभारको शुभारम्भको अवसरमा सम्बोधन गर्दै उहाँले ताइवानलाई सैनिक र राजनीतिक धम्की नदिन चीनलाई चेतावनी दिनुभयो । उहाँले ताइवानी नागरिकको अभिमतलाई चीनले सम्मान गर्नुपर्ने बताउनुभयो । लाईले मध्य ताइपेईमा रहेको राष्ट्रपति कार्यालयबाहिर जम्मा भएको भीडलाई सम्बोधन गर्नुभएको हो ।

यसअघि उपराष्ट्रपति रहेका विलियमलाई ताइवान स्वतन्त्रता पक्षधर नेता मानिन्छ । यसअघि निर्वाचित भएको दिन समर्थकलाई सम्बोधन गर्दै उहाँले नागरिकले बाह्य दबाबको सफलतापूर्वक प्रतिरोध गरेको बताउनुभएको थियो ।

चीनले ताइवानलाई लामो समयदेखि आफूबाट छुट्टिएको प्रान्तका रूपमा हेर्ने गर्दछ । उसले ताइवानलाई कुनै पनि बेला आफूमा पुनः एकीकरण गरी छाड्ने दृढता व्यक्त गर्दै आएको छ । ताइवान मुद्दालाई लिएर चीन र अमेरिकाबीच पनि सम्बन्ध चिसिएको छ । अमेरिकाले ताइवानलाई भने सैन्य सहायता दिँदै आएको छ ।

प्रकाशित : ७ जेष्ठ २०८१, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६