अर्थ-वाणिज्य

ट्रायल सेन्टरहरूमा प्रविधि जडान गर्न यातायात व्यवस्था विभागको माग



कपिलवस्तु १० जेठ ।ट्रायल सेन्टरहरूमा प्रविधि जडान गर्न यातायात व्यवस्था विभागले बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई आग्रह गरेको छ। ट्रायल परीक्षालाई पारदर्शी र गुनासोरहित बनाउन अटोमेटेड ड्राइभिङ टेस्ट ट्र्याक ९एडिटिटी० प्रणाली कार्यान्वयन गर्न पनि विभागले भनेको छ। यातायात व्यवस्था कार्यालयहरूले लिने ट्रायल परिक्षामा परीक्षार्थी उत्तीर्ण भए पनि अनुत्तीर्ण हुने गरेको र अनुत्तीर्णलाई पनि उत्तीर्ण भएकोजस्ता गुनासो सेवाग्राहीले गर्ने गरेको विभागले उल्लेख गरेको छ।

विश्वका अधिकांश मुलुकहरूले सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षाको दौरान परीक्षार्थीको पासरफेलको अवस्था मानवीय मूल्यांकन ९ह्युमन जजमेन्ट० बाट निर्धारण नगरी ट्रायल सेन्टरमा जडान भएका उच्च प्रविधियुक्त क्यामेरा ९हाई डेफिनेसन इन्टेलिजेन्ट क्यामेरा० एवं आर्टिफिसियल इन्टेलिजेन्ट ९एआई० प्रविधिद्वारा वैज्ञानिक ढंगले निर्धारण गर्ने गरेको सन्दर्भ उल्लेख गर्दै यातायात कार्यालयलाई पनि यस्ता प्रविधि प्रयोग गर्न अनुरोध गरेको छ।

‘ट्रायल परीक्षाको नतिजा कुनै व्यक्ति विशेषले नभई प्रविधिले वैज्ञानिक तवरले निर्धारण गर्न ट्रायल परीक्षा सञ्चालनको अनुमति प्रदान गर्दा, अनुमतिपत्रको नवीकरण गर्दा एवं रोकिएको ट्रायल परीक्षा पुनः सुचारु गर्दा अटोमेटेड ड्राइभिङ टेस्ट ट्रयाक ९एडिटिटी० प्रविधि जडान गर्ने ट्रायल सेन्टरलाई मात्र अनुमतिपत्र, नवीकरण तथा पुनः ट्रायल परीक्षा सुचारु गराउने अनुमति प्रदान गर्न विभागको मंगलबारको निर्णयअनुसार अनुरोध छ,’ विभागको निर्णयपत्रमा उल्लेख छ।

मन्त्रालय तथा कार्यालयहरूबाट एडिटिटी प्रणाली कार्यान्वयनका क्रममा आवश्यक प्राविधिक सहयोग र मार्गनिर्देशन आवश्यक परे विभागबाट प्रदान हुने विभागले उल्लेख गरेको छ। राष्ट्रिय सतर्कता केन्द्रलाई बोधार्थ दिएर विभागले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालयहरू एकान्तकुना, ठूलोभर्‍याङ, भक्तपुर, चाबहिल र चितवनलाई बोधार्थसहित कार्यार्थ दिएको छ। केही समयअघि सतर्कता केन्द्रले गरेको छानबिनबाट ट्रायल सेन्टरहरूले मापदण्ड पालना नगरेको देखिएको थियो।

प्रकाशित : १० जेष्ठ २०८१, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६