प्रदेश

कक्षा ११ र १२ पाठ्यक्रम अभिमुखीकरण कार्यशाला सम्पन्न




कपिलवस्तु, १८ जेठ ।
कपिलवस्तुको बाणगंगामा कक्षा ११ र १२ को पाठ्यक्रम अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) जिल्ला कार्यसमिति कपिलवस्तुको आयोजनामा सिद्धार्थ क्याम्पसको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । जिल्लाका माध्यमिक विद्यालय तथा क्याम्पसहरुमा कक्षा ११ र १२ मा अध्यापन गर्ने करिब १ सय जना शिक्षकहरुको सहभागितामा कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा पाठ्यपुस्तक लेखक किशोर कुमार खनालले कक्षा ११ र १२ को बर्तमान पाठ्यक्रमको ढाँचा, मूल्याङ्कन पद्धति र प्रश्नपत्र निर्माण प्रकृयाको बारेमा सहजीकरण गर्नुभएको थियो ।
कार्यशालाको उद्घाटन सत्रमा बोल्दै कार्यक्रममा प्रमुख अथिति लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले साविक उच्च मावि कक्षा ११ र १२ मा कार्यरत शिक्षकहरुको समस्या समाधानको पहल गर्न आफु प्रतिवद्ध रहेको बताउनुभयो । सांसद पन्थीले एकतावद्ध आवाज बुलन्द गर्दै समास्या समाधानका निम्ति सार्थक पहलकदमी लिन शिक्षकहरुलाई सुझाव दिनुभयो । सांसद पन्थीले स्रोत साधनको उचित परिचालन र व्यवस्थापन हुन नसक्दा शिक्षा क्षेत्रमा व्यापक समस्याहरु सिर्जना भएको औंल्याउनुभयो । पन्थीले कपिलवस्तु जिल्लाको शैक्षिक गुणस्तर उकास्न तदारुपताका साथ लाग्न समेत शिक्षहहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि हिस्टुनका पूर्व राष्ट्रिय उपाध्यक्ष डिवी रेश्मीले साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकहरुलाई राज्यले बेवास्ता गरेको बताउनुभयो । राज्यको विभेदकारी नीतिको कारण उच्च माविका शिक्षक पीडित भएको रेश्मीले जिकीर गर्नुभयो । रेश्मीले समस्या समाधानका निम्ति शिक्षकहरु सशक्त ढंगले लागेर सरकारलाई दवाव दिनुपर्ने आंैल्याउनुभयो ।
कार्यक्रममा सिद्धार्थ क्याम्पस बाणगंगाका सहायक क्याम्पस प्रमुख गोविन्द खनाल, जनता मावि पिपराका प्रअ रमेश पन्थी, बाणगंगा मावि गजेहडाका प्रअ रामप्रसाद भण्डारी, बाणगंगा मावि लौगाईका प्रअ कुलराज पौडेल लगायतले बोल्दै शिक्षा प्रतिकोे दायित्व पुरा गराउन शिक्षकहरु सदैब राज्यसंग जुधिरहनु परेको औंल्याउनुभयो । पाठ्यक्रमको अभिमुखीकरण, प्रवोधिकरण एवं शिक्षकहरुको पेसागत दक्षता अभिवृद्धि गर्ने जस्ता अभिभाराबाट समेत सरकार पन्छिन खोज्नु पर्ने विडम्बना भएको उहाँहरुले बताउनुभयो ।
कार्यक्रममा हिस्टुनका जिल्ला अध्यक्षले उज्जवल अधिकारीले राज्य आफ्नो दायित्वबाट विमुख भएको अवस्थामा शिक्षकहरु स्वयं आफुले आफैलाई शसक्तिकरण गर्न र दक्षता अभिवृद्धि गरी गुणस्तरीय शिक्षा प्रदान गर्न हिस्टुन अग्रसर रहेको र सोही अनुरुपका कार्यक्रम गर्दै आएको बताउनुभयो ।
हिस्टुनका पूर्व जिल्ला अध्यक्ष इन्द्रमणि पाण्डेको स्वागत मन्तव्यबाट सुरुभएको उक्त कार्यक्रमको सञ्चालन हिस्टुन बाणगंगा नगरका अध्यक्ष विष्णु आचार्यले गर्नुभएको थियो ।

प्रकाशित : १८ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६