प्रदेश

ब्राइट लुम्बिनी कोरियन भाषामा ६४ प्रतिशत विद्यार्थी पास गराउन सफल

भाषा पास गरेका विद्यार्थीहरूलाई बिदाइ तथा सम्मान



कपिलवस्तु, १९ जेठ । 
ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसन प्रा. लि. ले कोरियन भाषामा ६४ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । ४२ जना कोरियन ई. पि. एस भाष परीक्षा दिएका विद्यार्थी मध्य २७ जनाले पास गरेका छन् । नेपाल भरिबाट कुल ६७ हजार परीक्षार्थी सहभागि भएकोमा जम्मा ६ हजारले मात्र भाषा पास गरेका हुन । यो कुल सङ्ख्याको १३ प्रतिशत हो । ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनले यस अघिपनि राम्रो नतिजा निकाल्न सफल भएको थियो । यस्तै जापानिज भाषमा ११ जनाको सीईओ आएको एजुकेसनले जनाएको छ । जुलाई ईन्टेकका लागि विद्यार्थीको नतिजा आएको हो । 

एजुकेसनले शनिवार एक कार्यक्रमको आयोजना गरेर कोरियन र जापानिज भाषा पास गरेका विद्यार्थीहरूलाई बिदाइ तथा सम्मान गरेको छ । ब्राइटले राजापानीमा रहेको थ्रि एस होटलमा  बिदाइ तथा सम्मान गरेको थियो ।

यस वर्षको जुलाई इन्टेकमा जापानिज भाष पास गर्ने कोरियन भाषा विद्यार्थीहरूलाई मायाको चिनो सहित बिदाई गरिएको संस्थाका प्रबन्ध निर्देशक असिम कडेल क्षेत्रीले बताए । उनले ब्राइटले नितान्त विद्यार्थीको रुचि र चाहना अनुसार अगाडि बढाएको भन्दै त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । गजेहडा बाट सेवा दिइरहेको लुम्बिनी लर्निङलाई चार नम्बरमा ल्याएर सञ्चालन गरेको स्मरण गर्दै अझ सुविधा युक्त बनाएर लैजाने बताए। उच्च शिक्षा सँगै कमाएको केही पैसाले पछि स्वदेशमै आएर देशको लागि केही गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सङ्गीतकर्मी संघ लुम्बिनी प्रदेश अध्यक्ष पूर्ण चन्द्र परियारले भाषा पास गरेका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिदै भविष्यमा देशमै आएर देश विकासमा सहयोग गर्न आग्रह गरे । प्रा. लि. ले हजारौँ विद्यार्थीको भविष्य निर्माणमा सहयोग गर्दै आएको भन्दै आगामी दिनमा अझ शत प्रतिशत नतिजा  ल्याउन सफल हुनेमा विश्वास व्यक्त गरे।

त्यस्तै कोरियन भाषा प्रमुख महेश आचार्य, जापानिज भाषा प्रशिक्षक सुमन थापा क्षेत्री, गणेश खनाल लगायतले उच्च शिक्षाको लागि बाहिरी देश जान लागेका विद्यार्थीहरूलाई जाँदा र गैसकेपछि देशको नियम कानुन अनुसारको व्यवहार गर्न सचेत गराएका थिए । कार्यक्रममा सञ्चारकर्मी पिताम्बर घिमिरे, सिता बेल्बासे, पशुपति गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । भाष पास गरेका विद्यार्थी, सञ्चारकर्मी, संस्थाका कर्मचारी लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी हरि आचार्यले गरेका थिए ।

प्रकाशित : १९ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६